केही घण्टामा नेपालसम्म नै बंगालको खाडीबाट शक्तिशाली तूफान आउने : जारी भयो आपतकालिन सूचना



हाम्रो इकोनोमि

 

काठमाडौं उपत्यका लगायत देशैभरीको मौसम केही दिनदेखि बद्लिरहेको छ । पश्चिमी वायुको प्रभावले गर्दा नेपालको मौसममा पनि प्रभाव परेको बुझिएको छ । बंगालको खाड़ीबाट आएको चक्रवाती तूफान ‘फेनी’ले अबको केही घण्टामा नेपाल लगायत भारतीय दक्षिणी राज्यहरुमा ठुलो आतंक मच्चाउन सक्ने देखिएको छ ।

 

भारतीय मौसम विभागले तूफानको असर तमिलनाडु, केरल र आन्ध्र प्रदेशमा पर्ने बताएको छ । फेनी तूफानले गर्दा दक्षिण पश्चिम बंगालको खाड़ीमा भारी वर्षात हुन सक्ने देखिएको छ । मौसम विभागले पुडुचेरी, तमिलनाडु र दक्षिण आन्ध्र प्रदेशमा ३ मे सम्म माछा मार्नको लागि नजानु भन्दै चेतावनी दिएको छ ।

 

चेन्नईका क्षेत्रीय तूफान चेतावनी केन्द्रका निर्देशक एस बालाचन्द्रका अनुसार अबको २४ घण्टामा यो तुफानले यी तीन राज्यमा ठुलो आतंक मच्चाउन सक्छ । बालाचन्द्रले फेनी नाम बंगलादेशको सुझावको आधारमा दिइएको जनाउनु भएको छ ।

 

तमिलनाडु र पुडुचेरीको तटीय क्षेत्रमा हावाहुरीको सम्भावना सँगै वर्षा हुने देखिएको छ । केरेल राज्यमा भोली र पर्सी हावाहुरी सहितको भारी वर्षाको सम्भावना रहेको छ । मौसम विभागले तमिलनाडुको तटीय ३० अप्रिल र १ मे मा सावधान रहन चेताएको छ ।

 

फनी आँधीले गर्दा पर्सी बंगालको खाडी क्षेत्रमा ठुलो हावाहुरीको सम्भावना रहेको छ । यसको असर नेपाल तराईका धेरै जिल्लाहरुमा पनि पर्ने देखिएको छ । पर्सी यस क्षेत्रमा चक्रवतीको रफ्तार १२० देखि लिएर १४५ किमि प्रतिघण्टा रहने देखिएको छ ।

 

नेपालको तराई र बंगालको खाड़ीको दक्षिण–पश्चिम र पश्चिम–मध्य क्षेत्रमा आतंक मच्चाएपछि उक्त आँधी दक्षिण भारततर्फ जाने बताइएको छ । उत्तरी तमिलनाडु, पुडुचेरी र दक्षिण आन्ध्र प्रदेशको तटीय क्षेत्रमा १ मे को बेलुकासम्म पुग्ने देखिएको छ ।

 

उक्त क्षेत्रमा हावाको रफ्तार १५५ देखि लिएर १७५ किमि प्रतिघण्टा रहने बताइएको छ । अबको केही दिन नेपालले पनि सावधान भइरहनु पर्ने देखिएको छ । इन्डियन भास्कर दैनिकले जनाएको छ

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...