दिपकराज गिरिले रवि लामिछानेलाई समेत मुर्गा बनाए, चौतर्फी आलोचना



हाम्रो इकोनोमि

 

दाल भात तरकारी फिल्मको रिलिज निर्धारित मितिमा हन नसके पछि त्यसको फाइदा उठाउँदै दिपकराज गिरीले छक्का पन्जा २ एक दिनका लागी हलहरुमा लगाउँने निर्णय गरे ।

यस अघिनै रिलिज भएर पनि त्यहि प्रोडक्सनको अर्को फिल्म छक्कापन्जा ३ समेत रिलिज भएर पुरानो भैसकेको अवस्थामा छक्का पन्जा २ फेरि रिलिज हुने खबर सन्नु नेपाली दर्शकका लागी अनौठो खबर थियो ।

 

फिल्म रिलिज भएको लामो समय भैसक्दा पनि युटुवमा अपलोड नगरिए पछि धेरै दर्शकले यस विषयमा चासो र अनुरोध गरेका थिए ।

दिपकराज गिरीका हरेक जसो स्टाटसहरुमा दर्शकहरुले छक्का पन्जा २ युटुवमा राख्न अनुरोध गरिरहेका थिए ।

दर्शकको त्यहि साइकोलोजीमा खेल्दै दिपकराज गिरीले एकदिन मात्रै भएपनि फेरी सो फिल्म सुपर डुपर चलाउने निधो गरे । पछिल्लो समय दिपकराज गिरीमा देखिएको घमण्ड भनौ या आत्मविश्वास दिपक ले जे गरे पनि चल्छ भन्ने जस्तो देखिन्छ ।

पहिलेनै रिलिज भैसकेको फिल्म फेरि रिलिज हुँदा दर्शकले पत्याउने हुन् कि नपत्याउने हुन् भन्ने उनलाई शंका थियो र उनले फिल्म चलाउने जुक्ति निकाले रवि लामिछाने टुल्स ।

पत्रकार रवि लामिछानेको फाउण्डेसनले कालीकोटको रास्कोटमा निर्माण गरिरहेको अस्पतालको लागी उक्त फिल्मको नाफा प्रदान गर्ने ।

दिपकको अनुमान थियो अत्यधिक फ्यान फलोअर भएको रवि लामिछाने टुल्सले राम्रै सँग काम गर्छ ।

दिपकको निर्णयले हौसिएका रविले पनि फेसबुका निकै फुलबुट्टा भरेर प्रचारात्मक स्टाटस राखिहाले। खास कुरो रहेछ उक्त फिल्म बाट उठेको २५ प्रतिशत नाफा रवि लामिछाने फाउण्डेसनले बनाइरहेको हस्पिटललाई दिने ।

रविको नाम बेचेर ७५ प्रतिशत प्रभाव पार्ने विचार गरेका दिपक र उनको आश्वासनले मख्ख परेका रविलाई झड्का त त्यतिखेर लाग्यो जव रविले भने पछि सबैले जे पनि मान्छन् भन्ने सोचेका उनीहरुले रविको फेसबुक स्टाटस भरी नराम्रा कमेन्ट देख्नु पर्यो ।

रविको स्टाटसमा अधिकांश नकारात्मक कमेन्ट आएका छन् भने पैसो कमाउनको लागी दिपकराज गरिले रविको नाम बेचेर फण्डा गरेको आरोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...