आगलागी हुँदा ४३ लाख ३९ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट



हाम्रो इकोनोमि

 

ललितपुर, सुर्खेत, पाँचथर, दाङ र बाँकेमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ४३ लाख ३९ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

ललितपुर, महालक्ष्मी नगरपालिका १० कोदेडाँडा बस्ने चिनीमायाँ तामाङको कच्ची गोठमा शनिबार राति आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

सुर्खेत, पंचपुरी नगरपालिका ८ दुलाल थाई बस्ने कृष्ण बिकको घरमा शनिबार दिउसो आगलागी हुँदा करिब १ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पाँचथर, तुम्वेवा गाउँपालिका १ ढुकुरे बस्ने दलबहादुर तामाङको घरमा शनिबार दिउसो आगलागी भई उक्त आगो बस्तीमा समेत फैलिएर ३ वटा घर र ३ वटा गोठ जलेर करिब २१ लाख ९ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

दाङ, गढवा गाउँपालिका ५ खजरौता बस्ने भगवान दास यादवको घर र गोठमा शनिबार दिउसो आगलागी हुँदा घर, गोठ र नगद ५ लाख रुपैयाँ समेत जलेर करिब १४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बाँके, डुडुवा गाउँपालिका २ नयाँबस्ती बस्ने शोभाराम बर्माको घरको भान्साकोठामा शनिबार राति आगलागी भई उक्त आगो फैलिएर बर्माको समेत ५ जनाको कच्चरी घर जलेर करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...