अब कुनै पनि नेपाली काम खोज्दै विदेश जानुपर्दैन : मन्त्री विष्ट



हाम्रो इकोनोमि

अहिले हरेक दिनजसो हजारौंको संख्यामा नेपाली युवाहरु विदेश जाने गर्दछन् । सरकारले नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कामहरु पनि भइरहेका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सरकारले जुनसुकै पेशा र व्यवसायमा संलग्न सबै श्रमिकको व्यवसायजन्य सुरक्षाको प्रत्याभुत गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

 

१९ औं व्यवसायजन्य सुरक्षा दिवसको अवसरमा आइतबार राजधानीमा भएको प्रभातफेरी पछि प्रज्ञा प्रतिष्ठानमा आयोजित कोणसभालाई सम्बोधन गर्दे मन्त्री बिष्टले श्रमिकको हकहितका पक्षमा नीति निर्माण गरी सोही नीतिका आधारमा व्यवसायजन्य सुरक्षाको व्यवस्था गरिने बताउनुभएको हो ।

उहाँले दैनिक कामका लागि विदेशिने युवाहरुलाई स्वदेशमै व्यवसाय गर्न प्रेरित गर्ने ढंगले सरकारले आवश्यक नीति नियम बनाउन लागेको उल्लेख गर्नुभयो । उहाँले सबैलाई सामाजिक सुरक्षा ऐनको दायरामा ल्याएर उचित पारिश्रमिक, स्वास्थ्य सेवा, पेन्सन लगायतको सुनिश्चित गर्दै कार्यस्थललाई मर्यादित, स्वास्थ्यकर र सुरक्षित पार्ने विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...