सुहानाको छातीको मोबाइल नम्बरले खेप्नुपर्यो सास्ती , आखिर कस्को हो नम्बर (हेर्नुहोस्)



हाम्रो इकोनोमि

 

चलचित्र ‘ए मेरो हजुर ३ को ट्रेलरमा नायिका सुहाना थापाको छातीमा रातो रंगमा एउटा मोबाइल नम्बर लेखिएको छ – ९८४१००८‘ मोबाइल नम्बर सँगै अंग्रेजीमा ‘लव यू आर्या प्रेम’ पनि लेखिएको छ ।

चलचित्रमा लेखिएको नम्बरका कारण काभ्रेका वीरध्वज तामाङ तनावमा छन् । नायिकाले छातीमा लेखेको नम्बर तामाङको रहेछ ।

चलचित्रमार्फत् मोबाइल नम्बर प्रचारप्रसार भएपछि उनी अहिले तनावमा छन् ।

सामान्य जीवनयापन गरिरहेका तामाङ कामको सिलसिलामा कहिले काभ्रे त कहिले काठमाडौं गरिरहन्छन् ।

बिहीवार लोकान्तरसँग आफ्नो गुनासो राख्दै तामाङले नायिकाको छातीमा आफ्नो नम्बर लेखिएकाले आफू तनावमा रहेको बताए ।

बिहान, दिउँसो र मध्यरातमा समेत उनलाई फोन आउने गरेको छ ।

‘कतिपयले मात्तिदै फोन गर्ने गरेका छन्, यसले मेरो पारिवारिक जीवनमै असर गरेको छ।

तामाङले भने, ‘मेरो नम्बर हिरोइनको छातीमा भएकै कारणले मलाई धेरै तनाव दिएको छ ।’

प्रतिक्रिया दिनुहोस
जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...

नाेबेल अस्पतालकाे ५ तला माथिबाट खसेर डाक्टरको मृत्यु

    नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट खसेका डाक्टरको मृत्यु भएको छ ।भवनको...

जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...