कति जिते ‘को बन्छ करोडपति’मा प्रियंका र आयुषमानले ? (हेर्नुस भिडियो)



हाम्रो इकोनोमि

 

ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’ को नेपाली संस्करण ’को बन्छ करोडपति’ को पहिलो सिजन नेपालमा हाल चलिरहेको छ ।

एपीवान एचडीबाट प्रसारण भईरहेको उक्त कार्यक्रमको संचालक नेपाली सिने जगतका महानायक राजेश हमालले गरिरहेका छन ।

कार्यक्रम प्रत्येक शनिबार, आइतबार र सोमबार ८:३० बजे प्रसारण हुन्छ । कार्यक्रम एसारबीएन मिडियाको सहप्रायोजन रहेको छ ।

कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फस्टेस्ट फिंगरको लागि चुनिन्छन ।

यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्छन । तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्छ ।

‘को बन्छ करोडपति’ कार्यक्रमको आजको एपिसोड सार्वजनिक गरिसकेको छ । आजको भागमा नायिका प्रियंका कार्की र उनका प्रेमी आयुषमान देशराज जोशी हटसिटमा बसेका थिए ।

पाँचौ प्रश्नको सही उत्तर दिएर १० हजार सुरक्षित गरेको आयंका जोडी त्यसभन्दा माथि उक्लिन सकेन ।

कार्यक्रम प्रस्तोता महानायक राजेश हमालले धेरै हिन्स दिए जस्तो देखिने उक्त शो मा प्रियंका र आयुषमान ओभरकन्फिडेन्ट जस्तो देखिन्थे ।

राजेश हमालले तपाईहरु पाएको लाइफ लाइन किन प्रयोग नगर्ने ? भन्दै धेरै पटक प्रश्न गरेका थिए ।

अन्तत: लामो समयको गन्थन पछि जवाफ गलत भएपछि जोडी बाहिरिएको थियो ।

बाँकी हेर्नुहोस ‘को बन्छ करोडपति’ को आजको भागको पुरा भिडियो:

 

 

 

प्रतिक्रिया दिनुहोस
एउटा धक्काको बहानामा अध्यक्ष हटाउनुपर्छ भन्ने ? : ओली

    नेकपा एमालेका अध्यक्ष केपी ओलीले उपमहासचिव योगेश भट्टराईलाई लक्षित गर्दै चर्को...

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्नलाई ३ मिनेट

    नेकपा एमालेको केन्द्रीय कमिटी बैठक ललितपुरमा सुरु भएको छ ।  बैठकमा...

त्रिपुरेश्वरमा ऋद्धिसिद्धी यातायातको बसमा आगलागी

    ऋद्धिसिद्धी यातायातको बसमा आगलागी हुँदा उक्त बसका चालक घाइते भएका छन्...

पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन एमाले सचिवालयबाट पास

    नेकपा एमालेको सचिवालय बैठकले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई...