कति जिते ‘को बन्छ करोडपति’मा प्रियंका र आयुषमानले ? (हेर्नुस भिडियो)



हाम्रो इकोनोमि

 

ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’ को नेपाली संस्करण ’को बन्छ करोडपति’ को पहिलो सिजन नेपालमा हाल चलिरहेको छ ।

एपीवान एचडीबाट प्रसारण भईरहेको उक्त कार्यक्रमको संचालक नेपाली सिने जगतका महानायक राजेश हमालले गरिरहेका छन ।

कार्यक्रम प्रत्येक शनिबार, आइतबार र सोमबार ८:३० बजे प्रसारण हुन्छ । कार्यक्रम एसारबीएन मिडियाको सहप्रायोजन रहेको छ ।

कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फस्टेस्ट फिंगरको लागि चुनिन्छन ।

यसरी चुनिएका १० जना कार्यक्रममा सहभागी भएर हट सिटको लागि प्रतिष्पर्धा गर्छन । तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्छ ।

‘को बन्छ करोडपति’ कार्यक्रमको आजको एपिसोड सार्वजनिक गरिसकेको छ । आजको भागमा नायिका प्रियंका कार्की र उनका प्रेमी आयुषमान देशराज जोशी हटसिटमा बसेका थिए ।

पाँचौ प्रश्नको सही उत्तर दिएर १० हजार सुरक्षित गरेको आयंका जोडी त्यसभन्दा माथि उक्लिन सकेन ।

कार्यक्रम प्रस्तोता महानायक राजेश हमालले धेरै हिन्स दिए जस्तो देखिने उक्त शो मा प्रियंका र आयुषमान ओभरकन्फिडेन्ट जस्तो देखिन्थे ।

राजेश हमालले तपाईहरु पाएको लाइफ लाइन किन प्रयोग नगर्ने ? भन्दै धेरै पटक प्रश्न गरेका थिए ।

अन्तत: लामो समयको गन्थन पछि जवाफ गलत भएपछि जोडी बाहिरिएको थियो ।

बाँकी हेर्नुहोस ‘को बन्छ करोडपति’ को आजको भागको पुरा भिडियो:

 

 

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...