४० जना यात्रु सवार बस दुर्घटनाग्रस्त : १२ जनाको मृत्यु, २६ जना गम्भीर घाइते !



हाम्रो इकोनोमि

 

अचानक बस दुर्घटना भएको छ । ४० जना यात्रु सवार बस दुर्घटनामा परेको जनाइएको छ ।

भारतको पठानकोटबाट डलहौजी गइरहेको निजी बस नैनीखड़ नजिकै पंजपुलामा करीब २५० फिट गहिरो खोल्सामा परेको छ ।

यो दुर्घटनामा कम्तीमा १२ जनाको ज्यान गएको छ भने २६ जना गम्भीर घाइते भएका छन् ।

 

घाइतेहरुमा केहीको अवस्था गम्भीर भएको जनाइएको छ । दुर्घटना भएको खबर पछि प्रहरी र सेनाको मद्धतमा उद्धार कार्य सम्पन्न गरिएको छ ।

दुर्घटनामा ७ जनाको घटनास्थलमा मृत्यु भएको हो भने अन्य पाँच जनाको डलहौजी र बनीखेत अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

एसपी चबा डा.मोनिकाका अनुसार अध्यारो भएको कारण उद्धार कार्यमा केही असहजता उत्पन्न भएको थियो ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बस हिजो बेलुका ७ बजेतिर दुर्घटनामा भएको हो ।

मुख्यमन्त्री जयराम ठाकुरले घटनाबारे दुःख व्यक्त गर्दै उद्धार कार्यमा कुनै प्रकारको कमी हुन नदिन सम्बन्धीत निकायलाई निर्देशन दिएको जनाउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...