निता अम्बानीले दैनिक पिउने एक कप चियाको मूल्य ५ लाख !



हाम्रो इकोनोमि

 

एसियाकै धनि मुकेश अम्बानीकी श्रीमती नीता अम्बानीको जीवनशैलीप्रति धेरैले चासो राखेको पाइन्छ ।

उनी व्यवसायी महिला हुन् यसका साथै उनको पहिरन, रहनसहन र दैनिक जीवनयापन आम महिलाको भन्दा फरक छ ।

उनको विलासी जीवनशैलीले धेरैलाई आश्चर्यमा पनि पार्ने गर्दछ ।

उनले दैनिक जीवनयापनका क्रममा प्रयोग गर्ने यी सामानहरु जुन कुनै साधारण मानिसले कल्पना पनि गर्न सक्दैनः

 

३ लाख (भारु) चिया

नीता अम्बानीले दैनिकी चियाबाट सुरु हुन्छ । उनी हरेक विहान जापानको सबैभन्दा पुरानो क्र्रेरी ब्राण्डको नोरिटेकको कपमा चिया पिउँने गर्छिन् । यो कपको मूल्य ३ लाख भारु पर्छ ।

कारको सोख

नीता अम्बानीको मनपर्ने कार ‘मेबेक ६२’ हो । जुन उनका पति मुकेश अम्बानीले उनलाई उपहारको रुपमा लण्डनबाट मगाएका थिए । ‘मेबेक ६२’ कार भारतमा भित्र्याउने पहिलो व्यक्ति हुन् मुकेश अम्बानी । यसको मूल्य १० करोड भारु पर्छ ।

स्टाइलिश जुत्ता

नीता अम्बानी कहिल्यै पनि दोहोर्याएर जुत्ता लगाउँदिनन् । उनी धेरैजसो गार्सिया, जिम्मी चू, पेलमोडा, पाड्रो, मार्लिन जस्ता ब्राण्डेड जुत्ता लगाउँछिन् । उक्त जुत्ताको मूल्य ५ लाख भारु पर्छ ।

घडीको कलेक्शन

उनी घडी पनि ब्राण्डेड नै लगाउँछिन् । उनीसँग बुल्गरी, कार्टियर, राडो, गुच्ची, केल्विन क्लाइन र फान्सिल जस्ता ब्राण्डको घडिको कलेक्शन छ । यी घडीहरुको मूल्य १० देखि २० लाख पर्छ ।

गर–गहना

उनी परम्परागत गर–गहना लगाउँन मन पराउँछिन् । कार्यक्रमहरुमा भने उनी हिराको औँठी सधैँ लगाउँछिन् । यसको मूल्य करिब ५ देखि ७ लाख भारु पर्छ । उनलाई यो औँठी अम्बानीले प्रेम प्रस्ताव राख्दा दिएका थिए ।

सारी कलेक्शन

उनीसँग अन्य सामान जस्तो महङ्गा सारीको कलेक्शन छ । उनका सारीको चर्चा बारम्बार भइरहन्छ । उनको सारी लगभग ४० लाख बराबरको हुन्छ । उनी अब्बू जानी सन्दीप खोसला, अनामिका खन्ना, मनीष मल्होत्रा जस्ता डिजाइनरले बनाएको सारी लगाउने गर्छिन् ।

व्याग

उनीसँग संसारकै सबैभन्दा महङ्गो व्याग कलेक्शन छ । शनेल, गोयार्ड, जिम्मी चू ब्राण्डका व्यागको मूल्य लगभग ४ लाख भारुबाट सुरु हुन्छ ।

लिपिस्टिक

कार्यक्रमहरुमा नीता अम्बानी मेकअप गरेर नै उपस्थित हुने गर्छिन् । उनको एक्सक्लुसिब अर्डरमा बन्ने लिपिस्टिकको मूल्य ४० लाख भारु रहेको छ ।

निजी जेट

नीता अम्बानीको आफ्नौ प्राइभेत प्लेन छ । जुन उनलाई मुकेश अम्बानीले उनको जन्मदिनमा दिएका थिए । उक्त प्लेनको मूल्य ४१५ करोड भारु रहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...