नेपाली सौखिन महिलाका लागि भारतबाट यसरी आउँछन् पुरुष वेश्या



 

जिगोलो भन्नसाथ नेपालीमा अर्थ लगाउन थालिन्छ– पुरुष वेश्या ! जिगोलोले महिलाको यौन चाहनामात्र पुरा गर्दैनन् । यसको व्यावसायीकता व्यवस्थित तरिकाले गरिएको छ ।

 

नेपालमा आधिकारीक रूपमा जिगोलोको कार्यालय नरहेका कारण सौखिन नेपाली महिलाले भारतबाट अनलाइनमार्फत जिगोलोलाई नेपाल बोलाउने गर्छन् ।

 

नेपाल आएर एक सातादेखि १५ दिनसम्म बसेर फर्किँदा त्यस्ता अनलाइनमार्फतका जिगोलोका लागि न्युनतम ५० हजारदेखि एक लाखसम्म खर्च हुन्छ । तर, उनीहरूको पारिश्रमिक भने एक दिनको ६ हजारदेखि २५ हजारसम्म हुने गरेको छ ।

 

नेपालका हाइप्रोफाइल महिलाको निमन्त्रणामा नेपालका फाइभस्टार भाडामा लिएरै जिगोलो बस्ने गर्छन् । उनीहरू अनलाइन निमन्त्रणामा नै नेपाल झिकाइन्छन् जसका कारण विदेशी पुरुष यौनकर्मी हुन् या होइनन् भन्ने विषयबारे प्रहरी बेखबर हुन्छ ।

 

नेपाली उच्च घरानीया महिलाले अनलाइनमार्फत भारत र अन्य मुलुकका जिगोलोलाई बोलाउने गर्दछन् । अन्य मुलुक भन्दा पनि भारतीय युवक सस्तोमा आउने भएपछि नेपालका कतिपय रमणीय ठाउँमा महिलाले खर्च गरेर घुमाउने गरेका छन् ।

भारतमा जिगोलो सेवा आधिकारिक रूपमा नै चलाइएको छ । कतिपय ठाउँमा भने बजारक्षेत्र नै तोकिएको छ । ‘नेपालमा भने अनलाइन माध्यमबाट धेरथोर जाने गरेका छन्’, एक भारतीय जिगोलो सर्भिस कम्पनीका एजेन्ट भन्छन्,‘उनीहरूको काम सेक्सुअल सन्तुष्टि दिनुमात्र होइन, केयर गर्नु, साथ दिनु पनि हो । हामीले कम्पनीसँग सम्पर्कमा रहेका एजेन्टलाई यसको तालिम नै दिने गरेका छौं ।’

 

अनलाइन सेवाका हकमा भारतमा चर्चामा छ जिगोलोसर्भिस डट इन । उसले विभिन्न क्याटेगोरी छुट्याएरै सेवा दिने गरेको छ । जसमा नेपाली ग्राहक पनि रहेको उसको दाबी छ ।

 

यसरी विदेशबाट आयात गरिएका जिगोलोको प्लेन टिकट र नेपाल बसाईको सबै खर्चको विवरण सम्बन्धित महिलालाई अनलाइनमार्फत नै पठाउने गरिएको छ । उक्त रकम अनलाइनमार्फत नै बुझाउने गरिएको छ ।

 

कर्लगर्ल पनि हुन्छन्

विभिन्न पुरुषका हकमा भने कर्लगर्ल पनि यसरी विदेशबाट आयात हुँदै आएका छन् । तर, कतिपय विदेशी युवती भने नेपालमा डेरा जमाएरै सेवा दिने गरेका विभिन्न पटकका घटनाले देखाउँछ ।

यसरी सेवा दिनेमा चिनियाँ, रसियन, अफ्रिकन, भियतनामीसम्म रहेको प्रहरीको अनुमान छ । ०६६ सालमा १४ जना चिनियाँ यौनकर्मीलाई पक्राउ गरेपछि नेपाली भूमीमा विदेशीले डेरा जमाएर बस्न थालेको खुलेको थियो ।

 

अहिले पनि काठमाडौं र आसपासका क्षेत्रमा यसरी फ्ल्याट लिएर युवतीले सेवा दिने गरेका छन् । तर, प्रहरीले उचित प्रमाण फेला पार्न नसकेका कारण कुनै एक्शन लिन नसकेको बताइन्छ ।

 

यस्तो रोग जुन यौनसम्पर्क गरे निको हुन्छ

 

वैज्ञानिकहरुले यौनसम्पर्क गर्दा टाउकोको दुखाई तुरुन्तै ठिक हुने नयाँ तथ्य पत्ता लगाएका छन् । उनीहरुले सेक्सलाई टाउको दुखाईको अचूक औषधि भनेका छन् ।

आमरुपमा सेक्सबाट यति सुख मिल्छ कि शरीर र मनको थकान मेटाउछ । कसैको नजिक हुनु, उसलाई छुनु, प्यारले उसको शरीरको गहिराइमा आफ्नो एकान्त शेयर गर्नुले एक अलग्गै खालको नशा दिन्छ ।

र यसलाई सेक्सको जादु भनिन्छ । यति मात्रै होइन् यसले टाउकोको दुखाई क्षणभरमै ठिक पारिदिन्छ ।

अनुसन्धानमा संलग्न न्यूरोलजिस्ट्सका अनुसार सेक्स गर्दा टाउको दुखाई कम हुन्छ र कैयौपटक त पुरै ठिक हुन्छ ।

केही समय पहिले जर्मनीको यूनिभर्सिटी अफ मुनेस्टरमा न्यूरोलजिस्ट्सको एक टिमले सोधपछि भनेको थियो टाउको दुखाई हुँदा सेक्स गर्नु औषधि खानुभन्दा कैयौ बढी असरदार छ ।

सोधमा आधा सहभागीहरुले सेक्स गर्दा टाउको दुखाईमा राहत महसुस गरेको बताए । हरेक पाँच जनामध्ये एक विरामीले टाउको दुखाई सेक्स गरिसकेपछि पुरै ठिक हुने गरेको बताए ।

यो हाम्रो शरीरको प्राकृतिक पेनकिलर हो । सेक्स गर्दा शरीरमा नर्वस सिस्टममा निस्कने एण्डोरफिनका कारण टाउको दुखाई कम हुन्छ र यहाँसम्मकी पूर्ण रुपमा ठिक पनि हुन्छ ।

वैज्ञानिकहरुले सेक्स गर्दा टाउको दुखाईबाट राहत मिल्ने र साथै पार्टनरसँग पनि निकटता थप बढ्ने भएकाले यो विधि अपनाउन आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
राज्यशक्तिको दुरुपयोग गरेर मलाई जेल हाल्न खोजियो : रवि लामिछाने

    सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

एमालेलाई जग्गादानविरुद्धको रिट हेर्न नमिल्नेमा

    नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गादानविरुद्धको

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्ने

    सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं

वर्तमान सरकार परिर्वतन हुदैन : शेखर कोइराला

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिर्वतनबारे सोच्न नसकिने