१२ बर्षमै रिनाको बिहे भएको खुलासा, घरबेटी नै चकित, प्रहरी र डाक्टरमाथि नै शंका



हाम्रो इकोनोमि

 

गत शनिबार विहान मोरङको पथरी १ मा नग्न अवस्थामा मृत भेटिएकी रिना बस्नेत (रुपा) को मृत्यु बारेमा प्रहरीले नयाँ रहस्य सार्बजनिक गरेको छ । प्रहरीकाअनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट रिनाको पोष्टमार्टमको प्रारम्भिक रिर्पाेट आएको छ तर, हत्या गरेर फालेको प्रमाण भेटिएको छैन ।

 

स्थानीयले उनको बलात्कारपछि हत्या गरेर सडकको हालेको हुनसक्ने आशंका गरेका थिए । तर प्रारम्भीक रिपोर्टमा बालात्कार भएको प्रमाण पनि देखिएको छैन । पोष्टमार्टम रिर्पोटले घरमाथिबाट झरेको आशंकालाई बल पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

 

यद्यपि फरेन्सिक जाँचका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । मदिरा सेवन गरे नगरेको विषय फरेन्सिक रिपोर्ट आएपछि थाहा हुनेछ ।घटना भएको रातको सिसी क्यामेरा फुटेजमा रिनाको शव भेटिएको सडकमा मध्यरातमा एउटा रिक्सा गुडेको देखिन्छ । चालकको अनुहार चिनिँदैन तर, रिक्सामा केही देखिन्छ ।

 

केही घन्टापछि फेरि रिक्तो रिक्सा त्यही सडकमा गुड्छ । सोही आधारमा प्रहरीले ती ब्यत्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ । प्रहरीले मध्यरातमा सीसीटीभीमा कैद भएका ठेला सञ्चालकको पहिचान पनि गरेको छ । तर, उनको रिना मृत्य प्रकरणमा संलग्नता नदेखिएको प्रहरीले बताएको छ ।

 

प्रहरी उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार ‘रिनाको मृत्यु प्रकरणमा उनको संलग्नता देखिँदैन ।’ उनको नाम भने गोप्य राखिएको छ । यसैबिच रिनाका प्रेमी भनिएका कमल नेपाललाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक बयानमा कमलले रिनासँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेका छन् ।

 

पथरीमा व्यवसाय गर्दै आएका नेपालको पोलिग्राफ टेष्ट गर्ने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । रिनाको मृत्युलाई लिएर स्थानीयबासी प्रदर्शनमा उत्रिएपछि मंगलबार दिनभर पथरी तनावग्रस्त भएको थियो ।

पथरी काण्ड : १२ बर्षमै रिनाको बिहे भएको खुलासा | घरबेटी नै चकित, प्रहरी र डाक्टरमाथि नै शंका…हेर्नुहोस् भिडियो….

 

प्रतिक्रिया दिनुहोस
ग्यास बिक्रीको दैनिक विवरण आयल निगमलाई बुझाउनुपर्ने

    नेपाल आयल निगम र ग्यास उद्योगीबीच छलफल भएको छ । बजारमा...

अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...