संसद नविना लामाले खोलिन् रिमठिम क्याफे



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियुको अनेरास्ववियुको अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद नविना लामाले आफ्नो राजनीतिक जीवन बाहेक व्यवसाय तर्फ पनि अघि बढेको छ ।

बानेश्वरको संसद भवन अगाडीबाट आजबाट ‘हिमालयन रिमठिम क्याफे’ संचालनमा आउने भएको छ ।

एसिड आक्रमणबाट पिडित दुई महिला सदस्यको प्रमुख आतिथ्यमा उद्घाटन हुने उक्त क्याफेको उद्घाटन कार्यक्रममा विशेष अतिथिको रुपमा शीर्ष नेता देखि संसद लगायत अन्य नेता कार्यकर्ताहरुलाइ सहभागी रहने संचालालिका एबम संसद लामाले बताउनु भयो ।

सांसद लामासहित पाँच बहिनी अनेरास्ववियुको सचिव आरती लामा र विद्यार्थी नेताहरु कल्पना वाइबा, आश्मा क्षेत्री र अवानी पौडेलको लगानीमा रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको बताएको छ ।

स्थानीयमा उत्पादनमा हुने परिकारलाई विशेष प्राथमिकता दिई ग्राहकलाई स्वाद दिईने उहाँले बताउनुभयो ।

कोदो, मार्सी चामल, फापर, अर्गानिक कफि, जुस, मकै लगायतका स्थानीय उत्पादनबाट बन्ने परिकारहरु रहने छ ।

उहाँका अनुसार वर्तमान समयमा स्थानीय वस्तु तथा पदार्थको प्रबर्द्धन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको आफ्नो मौलिकता, परम्परा, धार्मिक, संस्कृति लगायतका कुराहरुको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ उक्त रेष्टुरेन्ट संचालनमा ल्याएको संसद लामाले बताउनुभयो ।

त्यस्तै, स्थानीय उत्पादनका कपडा, ढाका साडी, व्याग, टप्स्, कोट लगायतका सामग्रीहरुको साथ साथै नेपालको कला, संस्कृति, पर्यटन झल्कने सामग्रीहरु समेत एकै ठाउँमा पाउन सकिने छ ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...