उपचारमा लापर्वाही भएको भन्दै चितवन मेडिकल कलेज तोडफोड



हाम्रो इकोनोमि

 

भरतपुरको चितवन मेडिकल कलेजमा उपचारका क्रममा एक बालकको मृत्यु भएपछि आक्रासित आफन्तले तोडफोड गरेका छन् । २९ चैतमा ज्वरो आएको र पेट दुखेको भनेर अस्पताल भर्ना भएका गोरखा भुजेलका ९ बषर्ीय बालका रुप्सन घिमिरेको शुक्रशार उपचारको क्रममा निधन भएको थियो । बालक घिमिरेको उपचारमा अस्पतालले गम्भिर लापवौही गरेको भन्दै पीडितका आफन्तहरु आन्दोलित बनेका छन् ।

 

पीडित पक्षले अस्पतालको मुल गेटमा तोडफोड गरेका छन् । स्थानीय प्रशासनले अस्पताल परिसरमा प्रहरी परिचालन गरेर सुरक्षा दिएको छ । मृतकका बाबु रुपेशले मेडिकल कलेजको गम्भिर लापर्वाहीका कारणले छोरा गुमाउनु परेको दुखेसो गरे । भन्छन्, ‘वैशाख २ गतेसम्म मेरो छोरा मज्जासँग खेलिरहेको थियो । टाठो पनि थियो तर, त्यही दिन सुई हाल्दा हाल्दै बच्चा बेहोस भयो । त्यसपछि भेन्टिलेटरमा राखियो र अब मेरो छोरा रहेन ।’

 

उनकाअनुसार अस्पतालले ३ गते डिस्चार्ज गर्ने जानकारी दिएको थियो । तर, २ गते अचेत भएपछि भेन्टिलेटरमा राखियो । १० गतेसम्म रुप्सनलाई सञ्चो हुुने आश्वासन दिएको मेडिकल कलेजले त्यसपछि भने बाच्ने नबाँच्ने भगवान भरोसा भएको बताउन थालेको रुपेश बताउँछन् ।

 

वैशाख १३ गते करिव ४ बजे बच्चाको मृत्यु भएपछि शव बुझ्न अस्पतालबाट फोन गरेको उनले बताए । ‘रातको साढे १० बजे अस्पतालबाट फोन आयो, छोराको मृत शरिर बुझ्नु पर्‍यो, हस्ताक्षर गर्न आउनुहोस् भन्दै’ भन्छन्, ‘मैले बिहानसम्म अस्पतालमै राख्न आग्रह गरेको थिए तर, विहान आउँदा छोराको शव छैन । रातारात गायब गराइयो ।’

 

आफ्नो अनुमति विना अस्पतालले रातारात छोराको शव गायव बनाएको आरोप रुपेशले अस्पताल माथि लगाएका छन् । बालकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

 

बालकको मृत्यु भएपछि स्थानीय प्रशासनको रोहबरमा वार्ता पनि भयो । अस्पतालले उपचार खर्च व्यहोर्ने तर, अन्य क्षतिपुर्ति नदिने अडान लिएपछि वार्ता निस्कर्षमा नपुगेको सहभागीहरु बताउँछन् ।

 

उपचारमा डा. सन्तोष पाठक र डा.शान्ति रेग्मीको टिम खटिएको थियो । चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले ज्वरो र छातीको संक्रमण भएर आएका बालकको निमोनियाका कारण निधन भएको दाबी गरे । उनले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...