खुलामञ्चमा बनाइएका सटरमा डोजर चल्यो



हाम्रो इकोनोमि

 

खुलामञ्च अतिक्रमणका विषयमा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य एक्सनमा उत्रिएका छन् । सम्झौताविपरित खुलामञ्चमा भौतिक संरचानहरु बनाएपछि मेयर शाक्य एक्सनमा उत्रिएका हुन् । मेयर शाक्यको निर्देशनमा महानगरपालिकाले खुलामञ्चमा बनाइएका सटर भत्काउन सुरु गरेको छ ।

खुला मञ्चमा सटर बनाएपछि महानगरपालिकाले शनिबार डोजर लगाएर भत्काउन सुरु गरेको हो । काठमाडौं महानरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको नगरप्रहरीसहितको टोलीले सटर भत्काउन सुरु गरेको महानगरले जनाएको छ । खुला मञ्चमा ५१ वटा सटर निर्माण गरिएको थियो ।

खुलामञ्च अतिक्रमणका विषयमा मेयर शाक्यले उपमेयर हरिप्रभा खड्गीलाई अनुगमन गरि प्रतिवेदन पेश गर्न निर्देशन दिएका थिए ।

शुक्रबार मात्रै शाक्यले उपमेयर खड्गीले प्रतिवेदन बुझाउन ढिला गरे तत्काल डोजर लगाएर सटर भत्काउने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...