भिडमा यी नेताको अघि झुके मोदी, खुट्टा छोएर लिए आशीर्वाद



हाम्रो इकोनोमि

 

आफ्नो संसदीय सीट वाराणसीबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नामांकन दर्ता गरेका छन् ।

निर्वाचन कार्यलयमा प्रधानमन्त्री मोदी भन्दा पहिले एनडीएका दिग्गज नेता त्यहाँ पुगेका थिए ।

काल भैरव मन्दिरमा पूजा गरेपछि प्रधानमन्त्री मोदी पनि निर्वाचन कार्यलय पुगे ।

त्यहाँ रहेका एनडीएका सबै नेताहरुले उनको स्वागत गरे र प्रधानमन्त्री मोदीले पनि सबैको अभिवादन स्वीकार गरे । त्यहाँ  पन्जाबका पूर्व मुख्यमन्त्री प्रकाश सिंह बादललाई देखेसँगै प्रधानमन्त्रीले निहुरिएर उनको खुट्टा छोए ।

प्रकाश सिंह बादल पन्जाबका पूर्व मुख्यमन्त्री र शिरोमणि अकाली दलका प्रमुख रहेका छन् ।

८५ वर्षीय बादल पन्जाबमा पाँच पटक मुख्यमन्त्री भएका थिए । नामांकन दर्ता गर्नुभन्दा पहिले प्रधानमन्त्री मोदीले प्रकाश सिंह बादलको खुट्टा छोएर उनको आशीर्वाद लिए ।

यसपछि सह निर्वाचन पदाधिकारीको अगाडि सबै  कागजी प्रक्रिया पुरा गरेर प्रधानमन्त्री मोदीले आफ्नो नामांकन फारम भरे । प्रधानमन्त्री मोदीको नामांकनको लागि एनडीएका दुई दिग्गज नेता वाराणसी पुगेका थिए । सवै नेताहरुलाई एक साथमा लिएर एनडीएले वाराणसीमा शक्ति प्रदर्शन पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...