पोखरामा कतै सय रुपैयामै खाना खानुभएको ? सम्झनुस् पोखरा फुडल्याण्डलाई



हाम्रो इकोनोमि

 

दिनदिनै भैरहेको मुल्य बृद्धिका कारण बजारका हरेक ब्यापारिक किनबेचका सामानमा मुल्य बढिरहेको छ ।

त्यसमा पनि पर्यटकिय दृष्टिकोणले केन्द्र मानिने सुन्दरनगरी पोखरा तुलनात्मक रुपमा महङ्गो ठाउँ नै मानिने गरएको छ , यहि कारण जोकोहि पोखरा आएर घुम्न आउने सपना यत्तिकै चक्नाचुर बनाउन बाध्य हुन्छन् । बाँकी पोखरामै बस्ने गरेका ब्यस्त मान्छेले आफ्नो औकात अनुसार नर्मल खाजाघर देखि पाँचतारे होटलसम्म चहार्छन्न् ।

होटलको स्तर अनुसारका स्वाद, सेवा तथा सुबिधा अनि उस्तै चर्काे मुल्य । यिनै कुराहरुलाई मध्यनजरमा राखेर युवा ब्यवसायी सोनु लिम्बुले पोखरा महानगरपालिका –९ न्युरोडमा (ट्रेडमल पछाडी) “पोखरा फुडल्याण्ड” सञ्चालनमा ल्याएकी छिन् ।

लिम्बुले पोखरामा ब्राण्ड बनेको थकाली खानाका भन्दा स्वादमा कम नभएको दाबी गर्दै सस्तो मुल्यमा सेवा दिने उद्देश्य सहित पोखरा फुडल्याण्ड सञ्चालनमा जानकारी दिईन् । प्रायजसो अफिसमा काम गर्ने र ब्यस्त जिपनयापन गर्नेहरुलाई मध्यनजर गरेर उक्त फुडल्याण्ड सञ्चालनमा ल्याईएको लिम्बुले बताए । फुडल्याण्डमा चिकेन र भेज खाना मात्रै उपलब्ध हुने लिम्बुले बताईन् ।

उनका अनुसार सिङ्गल भेज खानालाई १ सय १० रुपैयाँ र दुईवटा भेज खाना २ सय रुपैयाँमा उपलब्ध हुनेछ भने मासिक रुपमा भेज खाना खादा ६ हजार र नन भेज खानका लागि १२ हजार पर्नेमा ५ सय रुपैयाँ डिस्काउन्ट गरि ११ हजार ५ सय पर्नेछ । भेज सँगै चिकन खाना समेत उपलब्ध हुने बताउदै उनले सिङ्गल खानालाई २ सय १० र डबल चिकेन खानालाई ४ सय निर्धारण गरेको जानकारी दिईन् ।

पोखरामा बढ्दो महङ्गीलाई चुनौति दिदै मुख्य भन्दा बढि गुणस्तरिय तथा स्वादिष्ट खानको साथमा सेवा सुबिधा दिने युवा ब्यबसायी लिम्बुले बताईन् । उनका अनुसार फुडल्यान्डलाईं सन् २०३० सम्ममा देशभरका शहरमा बिस्तार गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...