पोखरामा कतै सय रुपैयामै खाना खानुभएको ? सम्झनुस् पोखरा फुडल्याण्डलाई



हाम्रो इकोनोमि

 

दिनदिनै भैरहेको मुल्य बृद्धिका कारण बजारका हरेक ब्यापारिक किनबेचका सामानमा मुल्य बढिरहेको छ ।

त्यसमा पनि पर्यटकिय दृष्टिकोणले केन्द्र मानिने सुन्दरनगरी पोखरा तुलनात्मक रुपमा महङ्गो ठाउँ नै मानिने गरएको छ , यहि कारण जोकोहि पोखरा आएर घुम्न आउने सपना यत्तिकै चक्नाचुर बनाउन बाध्य हुन्छन् । बाँकी पोखरामै बस्ने गरेका ब्यस्त मान्छेले आफ्नो औकात अनुसार नर्मल खाजाघर देखि पाँचतारे होटलसम्म चहार्छन्न् ।

होटलको स्तर अनुसारका स्वाद, सेवा तथा सुबिधा अनि उस्तै चर्काे मुल्य । यिनै कुराहरुलाई मध्यनजरमा राखेर युवा ब्यवसायी सोनु लिम्बुले पोखरा महानगरपालिका –९ न्युरोडमा (ट्रेडमल पछाडी) “पोखरा फुडल्याण्ड” सञ्चालनमा ल्याएकी छिन् ।

लिम्बुले पोखरामा ब्राण्ड बनेको थकाली खानाका भन्दा स्वादमा कम नभएको दाबी गर्दै सस्तो मुल्यमा सेवा दिने उद्देश्य सहित पोखरा फुडल्याण्ड सञ्चालनमा जानकारी दिईन् । प्रायजसो अफिसमा काम गर्ने र ब्यस्त जिपनयापन गर्नेहरुलाई मध्यनजर गरेर उक्त फुडल्याण्ड सञ्चालनमा ल्याईएको लिम्बुले बताए । फुडल्याण्डमा चिकेन र भेज खाना मात्रै उपलब्ध हुने लिम्बुले बताईन् ।

उनका अनुसार सिङ्गल भेज खानालाई १ सय १० रुपैयाँ र दुईवटा भेज खाना २ सय रुपैयाँमा उपलब्ध हुनेछ भने मासिक रुपमा भेज खाना खादा ६ हजार र नन भेज खानका लागि १२ हजार पर्नेमा ५ सय रुपैयाँ डिस्काउन्ट गरि ११ हजार ५ सय पर्नेछ । भेज सँगै चिकन खाना समेत उपलब्ध हुने बताउदै उनले सिङ्गल खानालाई २ सय १० र डबल चिकेन खानालाई ४ सय निर्धारण गरेको जानकारी दिईन् ।

पोखरामा बढ्दो महङ्गीलाई चुनौति दिदै मुख्य भन्दा बढि गुणस्तरिय तथा स्वादिष्ट खानको साथमा सेवा सुबिधा दिने युवा ब्यबसायी लिम्बुले बताईन् । उनका अनुसार फुडल्यान्डलाईं सन् २०३० सम्ममा देशभरका शहरमा बिस्तार गर्ने लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...