एकैदिन ५ जना मृत अवस्थामा फेला



हाम्रो इकोनोमि

 

आज एकैदिन विभिन्न जिल्लामा ५ जना मानिस मृत अवस्थामा फेला परेका छन् । मोरङ, ग्रामथान गाउँपालिका-२ झोराहाटस्थित बाटोको छेउमा सोही ठाउँ बस्ने ४५ वर्षीय रुपचन रिषिदेब बिहीबार दिउसो मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी मोरङ, बुढीगंगा गाउँपालिका-१ स्थित आरति स्ट्रिप्सको सडकखण्डमा सोही उद्योगमा काम गर्ने ईलाम, ईलाम नगरपालिका-१२ बस्ने ४३ वर्षीय भुवन भण्डारी बिहीबार दिउसो मृत अवस्थामा फेला परेका छन् ।

डोल्पा, ठुलिभेरी नगरपालिका-२ बस्ने २८ वर्षीय राजु बिक सोही ठाउँस्थित गुठी खोलामा बिहीबार दिउसो मृत अवस्थामा फेला परेका छन् । वैशाख ६ गते सोही ठाउँस्थित जंगलमा साथीहरूसँग खिरौला जडिबुटी खन्न गएका उनी १० गते राति हराई बेपत्ता भएकाले खोजी गर्ने क्रममा मृत फेला परेका हुन् ।

दैलेख, गुराँस गाउँपालिका-६ पिलारी बस्ने ६१ वर्षीय रत्न बहादुर राना बिहीबार दिउसो मृत अवस्थामा फेला परेका छन् । मंगलबार घरबाट कसैलाई जानकारी नगराई हिँडेका उनी सोही ठाउँस्थित बाँसको झ्याङमा मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

लहान नगरपालिका-२० ब्रम्हाण्ड गोल्छारी बस्ने ५० वर्षीया सल्टीदेवी महतोको करेन्ट लागेर बिहीबार दिउसो मृत्यु भएको छ । आफ्नै घरबाट करिब ५ सय मिटरको दुरीमा रहेको बारीमा मोटर चलाउने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...