रिना बस्नेत हत्याकाण्डमा नयाँ मोड, प्रहरीको भुमिका शंकास्पद



हाम्रो इकोनोमि

 

मोरङको पथरीमा हत्या गरिएकी रिना बस्नेत हत्या काण्डले नयाँ मोड लिएको छ ।

पथरीशन्श्चिरे १ मा डेरा बस्ने बस्नेतको शंकास्पद रुपमा मृत्यु भएको विषयलाईमा समाचार सम्प्रेषण गर्ने सञ्चार माध्यमले अतिरन्जित बताएर समाचार छापेको भन्दै प्रहरीले मिडिया माथी नै अंकुस लगाउन खोजेपछि सो काण्डले नयाँ मोड लिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङले विहिबार प्रेस विज्ञप्ती नै जारी गरेर मिडिया हाउसको छानवीन गर्ने, मिडियाप्रती आफ्नो ध्यानाकर्षण भएको बताएको छ । प्रहरीले मिडियालाई छानवीन गर्ने भनिरहदाँ कतै घटनामा प्रहरीले नै अर्को तर्फ मोड्न त खोजिरहेको छैन् ? भन्ने आशंका बढेको छ ।

यद्यपी प्रहरीले शुक्ष्म अनुसन्धान पनि गरिरहेको बताइएको छ ।

घटनाका विषयमा प्रहरीले सकारात्मक भूमिका नखेलेको भन्दै प्रहरीमाथी नै आशंका लागेको बताउदै आएका छन् । यो अगाडी पनि पथरीका व्यावसायीहरुले रिनाको हत्या नै भएको हुनुपर्ने आशंका गरेका थिए । तर प्रहरीको प्ररम्भिक अनुसन्धानले रिनाको अत्याधिक मदिरा सेवन पछि लडेर मृत्यु भएको खुल्दै खाएको छ ।

प्रहरी अधिकारी नै शंकास्पद रहेको भन्दै प्रदेश सांसद सुयर्माराज राईले समेत विहिबारको संसद बैठकमा प्रहरीको पनि छानवीन गर्नुपर्ने माग राखेका छन् । रिनाको मृत्यु नभएर हत्या हो भन्दै आएका पथरीवासीमा प्रहरीले कस्तो न्याय दिन्छ त्यो हेर्न बाकीँ नै छ । यदी प्रहरीले सही अनुसन्धान नगरेर घटनालाई तोडमोड गरेको खण्डमा पथरीवासीले फेरी पनि न्यायका लागि भौतारिन बाध्य हुनुपर्ने भन्दै स्थानीयले प्रहरीको अन्तिम रिपोर्ट कुरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...