कसरी थाहा पाउने प्रेमिकाको यौन चाहाना ?



 

सामान्य तथा मानिसको जीवन शैलीमा आउने परिवर्तनका विभिन्न कुरामा परिवर्तन आउने गर्दछन् ।

मानिसहरु प्रेममा शारीरिक सम्बन्धको कति महत्व हुन्छ ? यो आ–आफ्नो बुझाई र भोगाइमा निर्भर गर्ने कुरा हो ।

कतिले ठान्छन्, प्रेम शुद्ध प्रेम मात्र हुनुपर्छ । कतिले यसलाई रोमान्सको रुपमा लिन्छन् । प्रेमी पनि त कोही आदर्श हुन्छन्, कोही विन्दास ।

कोही संवेदनसिल हुन्छन्, कोही रोमान्टिक ।

हामी भन्छौं, प्रेममा शारीरिक वासनालाई त्यती महत्व दिनु राम्रो होइन । जब प्रेममा मन भन्दा बढी शरीर हावी हुन थाल्छ, केही न केही गडबड सुरु हुन्छ । तर, सबैको हकमा कहाँ यस्तो हुन्छ ?

मानिसहरु प्रेम सम्बन्धमा रहँदा स्नेह र प्रगाढता त हुनै पर्छ साथसाथै एकअर्कालाई बुझनु पनि जरुरी छ । प्रेमिकाद्वारा नयाँ कपडा पहिरिएर आएमा उनको प्रशंसा गर्नु, उनको सराहना गर्दै उनको हात चुम्ने जस्ता ससाना कुराहरु सम्बन्धमा मजबुतीको लागि धेरै जरुरी छ ।

प्रेमिकालाई तपाइर्ंले सेक्सको लागि मात्रै उनलाई चाहनुहुँदैन उनी प्रति तपाईंको लगाव सेक्स भन्दा धेरै महत्वपूर्ण छ भनेर यस्तै कुराहरुले बताउँछ ।

आजभोली प्रेमको तरिकामा मात्रै होइन यसको मान्यतामा पनि परिवर्तन आइरहेको छ । युवाअवस्थामा विपरितिलिंगी प्रतिको आकर्षणले युवायुवतीलाई एकअर्का बीचमा प्रेमको बन्धनमा बाँध्छ । र, विस्तारै भेटघाट, कुराकानी र एकअर्काप्रति समर्पित हुने सम्मको सम्बन्ध बन्छ ।

प्रेमसम्बन्ध चल्दै गर्दा अहिलेका युवायुवतीहरु एकान्त भेट्नसाथ यौन सम्बन्ध बनाउन डराउँदैनन् । यस्तोमा युवक सेक्सको लागि छिटो तयार हुन्छ र सेक्सको लागि तत्पर हुन्छ भने प्रेमीकाहरुको संकेत शारीरिक सुखमात्रै नभएरसबै पलहरुको रोमाञ्चकतालाई समेट्ने तर्फ हुन्छ ।

यस्तोमा प्रेमीले शारीरिक सम्बन्ध बनाइसके पछि आफ्नो प्रेम सकिएको सम्झिन्छ भने प्रेमीकाले शारीरिक सम्बन्ध कायम भइसकेपछि झनै दिलो ज्यानले एकअर्कालाई चाहने, मिठोमिठो कुरा गर्ने, छेडछाड र सेक्सपछि पनि प्रेमीको अंगालोमा बाँधिदा भाग्यमानी सम्झिने गर्छिन् ।

प्रेमीकाहरु भावनाहरुलाई प्रेमको अभिव्यक्ति सम्झिछन् साथै उनीहरु प्रेमीले आफ्नो यौन चाहनालाई आँफै बुझोस र मायालु व्यवहार गरोस भन्ने चाहन्छन् ।

धेरै युवतीहरुले उनीहरुको यौन चाहनाहरुलाई प्रेमीले आँफै बुझोस् भन्ने चाहन्छन् । नर्थवेस्टर्न युनिभर्सिटी इलिनोयसको सेक्सुअलिटी कार्यक्रमको थेरापिसस्ट पामेला श्राफ भन्छिन्, ‘धेरैजसो प्रेमीले आफ्नो प्रेमीकाको यौनचाहनालाई प्राथमिकता दिन चाहँदैनन् ।’

पामेलाले यस विषयमा अध्ययन गर्दा प्रेमीकाहरुको मनको कुरा थाहा पाइन् । उनलाई केही यस्ता सेक्स प्राथमिकता थाहा भयो जसलाई प्रेमीकाले आफ्नो प्रेमीसँग भन्न चाहन्थे तर भन्न सक्दैन थिए ।

यौनक्रिडा मात्र होइन रोमान्टिक माहौल बनाउनुस्

प्रेम सम्बन्धमा रहेका युवतीहरुलाई आनन्ददायक सेक्स लाइफको लागि यौनसम्पर्क मात्रै होइन आफ्नो प्रेमीको साथमा बिताएको हरेक क्षणमा रोमान्टिक पलहरु र मायालु व्यवहारको पनि आवश्यकता हुन्छ ।

युवतीहरुलाई आफ्नो प्रेमीले बाहिर भेट्दा पढाई, करियरको मात्रै कुरा गरेको र फेरि एकान्तमा भेट्नसाथ सेक्सको चाहना गरेको कहिल्यै पनि मनपर्दैन ।

यदि प्रेमीले यस्तो मात्रै गर्छ भने युवतीहरुको मनमा आँफू उनीहरुको यौन इच्छा पुरा गर्ने एक खेलौनामात्रै भएको जस्तो भावना आउँछ । यस्तोमा उनीहरु आफ्नो प्रेमीलाई धेरै स्वार्थी र आँफैलाई भोगको वस्तु सम्झिन थाल्छिन् ।

यौन कार्यका लागि प्रमिकाको पहिलो पूर्ण समर्पण

अध्ययनहरुबाट ६० प्रतिशत प्रेमीकाले मात्रै जति पटक आफ्नो प्रेमीसँग सम्भोग गरेका छन् त्यसमा कम्तीमा पनि आधापटक मात्रै चरम आनन्दको अनुभव गर्ने तथ्य प्राप्त भएको छ । तर, उनीहरुलाई प्रेमीको खुसीको लागि सेक्सको क्रममा चरमआनन्द प्राप्त गरेको जस्तो देखाउन पर्छ ।

कैयौं पटक त उनीहरुको मनमा आफूमै केही कमी भएको त छैन भन्ने अपराधवोध हुन्छ । युवतीहरुमा आफ्नो अंगको बनावट, आकार र सरसफाइलाई लिएर तुलनात्मक रुपमा हिनताको भावना हुन्छ । यसैले उनीहरु अँधेरोमा मात्रै निवस्त्र हुन चाहछन् ।

युवतीहरुले आफ्नो प्रेमीले आफ्नो अंग र सौन्दर्यको प्रशंसाको गरोस भन्ने अपेक्षा राख्छन । तर उल्टै कैयौं युवकहरुले आफ्नो प्रेमीकालाई मोटी, काली, लुरी जस्ता सम्बोधनहरु गर्छन् । यस्तोमा प्रेमीकाहरुको चित्त दुख्न सक्छ ।

सत्यताको प्रशंसा

प्रेम सम्बन्धमा रहेका युवाहरुले युवतीहरुको छालाको कोमलता, आँखाको सुन्दरता, ओठ, लामो कपाल, वक्ष, नितम्ब आदीको सुन्दरता र सेक्सुअल्ली अट्रयाक्सनको प्रशंसा गरेर प्रेमीकाको आत्मविश्वास बढाउने काम गर्नुपर्छ ।

दुवैजना बीचमा हसिँमजाक गर्ने गरेमा प्रेमीकाले सेक्समा पूर्ण समर्पण गर्दै सहयोग गर्छिन् । तर, प्रेमीले धेरै झूठो प्रशंसा गर्न थाल्यो भने पनि प्रेमीकाहरुले मन पराउँदैनन् ।

यौन सम्बन्धपछि पनि ध्यान दिनुपर्छ

धेरै युवाहरु यस्ता जंगली हुन्छन् कि प्रेमिकालाई एकान्तमा पाउनासाथै सेक्स गर्न खोज्छन् । अनि सेक्स गर्दा चरममा पुगेर स्खलित हुनासाथै अर्कोपट्टी फर्केर प्रेमीकालाई वास्ता गर्दैनन् । मानौं अब प्रेमीकासँग कुनै पनि मतलब छैन्, उनीहरुलाई मतलब त मात्रै सेक्सको थियो ।

यस्तोमा प्रेमिकाले आफैलाई एकदम एक्ली, उपेक्षित र युज एण्ड थ्रो गरिने वस्तु सम्झिन्छिन् । उनीहरुलाई लाग्छ प्रेमीको अन्तिम उद्देश्य नै सेक्स मात्रै थियो । युवतीहरुले सेक्स र स्खलन पछि पनि प्रेमीले उसलाई चुमोस, उसको अंगलाई चलाओस् भन्ने चाहन्छन् ।

यौनसम्पर्क पछि बिदा हुने बेलामा पनि प्रेमीले आफूलाई अंगालो मारेर गालामा चुमोस अनिमात्रै छोडेर आओस् भन्ने लाग्छ । यसले प्रेमीकालाई आत्मसन्तृष्टि महसुस हुन्छ ।

नन सेक्सुअल टच

युवतीहरुलाई बाहिर भेट्दा एकपटक पनि नछुने प्रेमीले एकान्तमा भेट्नासाथै फोरप्लेको लागि अगाडि बढको कत्तिपनि मनपर्दैन । युवतीहरु प्रेमीले उनलाई बाहिर भेट्दा पनि यौन उत्तेजना नबढाउने तरिकाले उसलाई छुने, चुम्बन गर्ने गरोस भन्ने चाहन्छन् ।

उनीहरु छेडछाड हाँसीमजाक र आफ्नोपन देखाउनको लागि छोउन् भन्ने चाहन्छन् । त्यसैले कहिले उनीहरुको कपाल चलाउनुहोस्, उनीहरुको गालालाई चुम्नुहोस्, ओठलाई चुम्नुहोस्, हातमा हात राख्नुहोस् ।

सम्बन्धमा मजबुतीको लागि यो कुरा धेरै जरुरी छ । प्रेमीकालाई तपाईंले उनलाई सेक्सको लागि मात्रै चाहनुहुन्न भन्ने बताउनको लागि यस्तो आवश्यक पर्छ ।

उत्तेजनाको लागि रोमान्टिक कुराहरु जरुरी छ

एकान्त पाउनासाथै प्रेमीकालाई सेक्सको लागि कर गर्ने र पुरै उत्तेजित नै नभइ सेक्स गरेको प्रेमीकाहरुलाई मन पर्दैन । यसबाट युवले त यौनसन्तुष्टि प्राप्त गर्लान तर युवतीहरु सन्तुष्ट हुँदैनन् ।

युवतीहरुले आफ्नो प्रेमीबाट एकान्तको समयमा मिठो छेडछाड, रोमान्टिक कुराहरु र काउकुती लाग्ने सेक्सी किस्साहरु सुन्ने मन गर्छन् जसले उनीहरुको मनभित्रै चस्का देओस् । यसले सेक्सको लागि विस्तारै उनीहरुको मुड बनाउने काम गर्छ ।

प्रतिक्रिया दिनुहोस
सुनको मूल्यले नयाँ रेकर्ड, तोलाको १ लाख ६५ हजार

    अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेपछि नेपालमा सुनको मूल्यले लगातार नयाँ रेकर्ड बनाइरहेको

‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

इजरायली सैन्य क्याम्पमा हिजबुल्लाहको ड्रोन हमला, ४ सैनिक मारिए, ६० बढी घाइते

    लेबनानको चरमपन्थी समूह हिजबुल्लाहले मध्य इजरायलको बिन्यामिनानजिकै रहेको एक सैन्य बेसमा

ग्लोबल आइएमई बैंकका ग्राहकलाई बुद्ध एयरको टिकटमा छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहक तथा ग्राहकका परिवारका सदस्यहरुले बुद्ध एयरको