सलमान खानलाई सुपरस्टार बनाउन यि सुन्दरीहरुले दिएका थिए साथ , को को हुन् ति हिरोइनहरु ?



हाम्रो इकोनोमि

 

अभिनेता सलमान खानको बलिउडमा अहिलेसम्म पनि दबदबा कायमै छ । उनले आफ्नो स्टारडममै फिल्म चलाउने गरेका छन् ।

तर, उनले यो सफलता एक्लै हासिल गरेका भने होइनन् ।

उनको यस्तो स्टारडम हुनुमा उनीसँग अभिनय गरेका केही अभिनेत्रीहरूको ठूलो भूमिका छ । करिअरको सुरुवाती चरणमा सलमानले साथ पाएका पाँच हिरोइन निम्न छन्

भाग्यश्री – सलमान खानको पहिलो फिल्म ‘मैंने प्यार किया’ थियो । त्यो फिल्ममा उनको साथमा थिइन्, हिरोइन भाग्यश्री ।

यो फिल्मले सलमानलाई रातारात स्टार बनाएको थियो । भाग्यश्रीकै कारण सलमान लाई अहिलेको स्टारडम मिलेको बताइन्छ ।

त्यतिवेला मैने प्यार कियाको सफलताको मूल श्रेय हिरोइन भाग्यश्रीलाई नै गएको थियो ।

माधुरी दीक्षित -माधुरी दीक्षितको साथमा आएको फिल्म ‘हम आपके है कौन’ सलमानको करियरको टर्निङ पोइन्ट नै थियो ।

यो सलमानको फिल्मी करियरको पहिलो अल टाइम ब्लकबस्टर फिल्म हो । तर, यो फिल्मको सफलताको श्रेय पनि माधुरीले नै लिएकी थिइन् ।

करिश्मा कपुर – सलमान र करिश्मा कपुरले केही फिल्ममा सँगै काम गरे । तर, उनीहरूको ‘बिबी नम्बर १’ फिल्म सुपरहिट भयो ।

त्यो फिल्म त्यतिवेला आएको थियो, जतिवेला सलमानलाई हिट फिल्मको खाँचो थियो । यस्तोमा करिश्माले नै उनको साथमा काम गरेर उनको करिअर बचाइदिएकी थिइन् । नयाँ पत्रिकामा खबर छ ।

ऐश्वर्या राय – ऐश्वर्या राय बच्चनको साथमा आएको संजय लिला भन्सालीको फिल्म ‘हम दिल दे चुके सनम’ ब्लकबस्टर चल्यो । त्यस फिल्ममा ऐश्वर्या र सलमानको प्रेमकहानी निकै मन पराइयो ।

फिल्म ब्लकबस्टर हुनुमा ऐश्वर्याको सुन्दरता प्रमुख एक कारण मानियो । फिल्ममा सलमान र ऐश्वर्याका साथमा अजय देवगण पनि प्रमुख भूमिकामा थिए ।

भूमिका चावला – भूमिका चावलाले ‘तेरे नाम’ फिल्ममा सलमानसँग काम गरिन् । त्यसका अघि आएका सलमानका प्रायः फिल्म फ्लप भएका थिए ।

सतिश कौसिक निर्देशित ‘तेरे नाम’ सलमानको करिअरको अर्को टर्निङ थियो ।

तेरे नाममा सलमानको अभिनय र भूमिकालाई दर्शकले औधि मन पराए । हिरोइन भूमिकाकै कारण तेरे नाम अधिक सफल भएको बताउने गरिएको छ । ब्लकबस्टर तेरे नामपछि सलमानले पछि फर्किएर हेर्नुपरेको छैन ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...