सलमान खानलाई सुपरस्टार बनाउन यि सुन्दरीहरुले दिएका थिए साथ , को को हुन् ति हिरोइनहरु ?



हाम्रो इकोनोमि

 

अभिनेता सलमान खानको बलिउडमा अहिलेसम्म पनि दबदबा कायमै छ । उनले आफ्नो स्टारडममै फिल्म चलाउने गरेका छन् ।

तर, उनले यो सफलता एक्लै हासिल गरेका भने होइनन् ।

उनको यस्तो स्टारडम हुनुमा उनीसँग अभिनय गरेका केही अभिनेत्रीहरूको ठूलो भूमिका छ । करिअरको सुरुवाती चरणमा सलमानले साथ पाएका पाँच हिरोइन निम्न छन्

भाग्यश्री – सलमान खानको पहिलो फिल्म ‘मैंने प्यार किया’ थियो । त्यो फिल्ममा उनको साथमा थिइन्, हिरोइन भाग्यश्री ।

यो फिल्मले सलमानलाई रातारात स्टार बनाएको थियो । भाग्यश्रीकै कारण सलमान लाई अहिलेको स्टारडम मिलेको बताइन्छ ।

त्यतिवेला मैने प्यार कियाको सफलताको मूल श्रेय हिरोइन भाग्यश्रीलाई नै गएको थियो ।

माधुरी दीक्षित -माधुरी दीक्षितको साथमा आएको फिल्म ‘हम आपके है कौन’ सलमानको करियरको टर्निङ पोइन्ट नै थियो ।

यो सलमानको फिल्मी करियरको पहिलो अल टाइम ब्लकबस्टर फिल्म हो । तर, यो फिल्मको सफलताको श्रेय पनि माधुरीले नै लिएकी थिइन् ।

करिश्मा कपुर – सलमान र करिश्मा कपुरले केही फिल्ममा सँगै काम गरे । तर, उनीहरूको ‘बिबी नम्बर १’ फिल्म सुपरहिट भयो ।

त्यो फिल्म त्यतिवेला आएको थियो, जतिवेला सलमानलाई हिट फिल्मको खाँचो थियो । यस्तोमा करिश्माले नै उनको साथमा काम गरेर उनको करिअर बचाइदिएकी थिइन् । नयाँ पत्रिकामा खबर छ ।

ऐश्वर्या राय – ऐश्वर्या राय बच्चनको साथमा आएको संजय लिला भन्सालीको फिल्म ‘हम दिल दे चुके सनम’ ब्लकबस्टर चल्यो । त्यस फिल्ममा ऐश्वर्या र सलमानको प्रेमकहानी निकै मन पराइयो ।

फिल्म ब्लकबस्टर हुनुमा ऐश्वर्याको सुन्दरता प्रमुख एक कारण मानियो । फिल्ममा सलमान र ऐश्वर्याका साथमा अजय देवगण पनि प्रमुख भूमिकामा थिए ।

भूमिका चावला – भूमिका चावलाले ‘तेरे नाम’ फिल्ममा सलमानसँग काम गरिन् । त्यसका अघि आएका सलमानका प्रायः फिल्म फ्लप भएका थिए ।

सतिश कौसिक निर्देशित ‘तेरे नाम’ सलमानको करिअरको अर्को टर्निङ थियो ।

तेरे नाममा सलमानको अभिनय र भूमिकालाई दर्शकले औधि मन पराए । हिरोइन भूमिकाकै कारण तेरे नाम अधिक सफल भएको बताउने गरिएको छ । ब्लकबस्टर तेरे नामपछि सलमानले पछि फर्किएर हेर्नुपरेको छैन ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...