यी २५ वर्षीया युवतीले राखिन अचम्मको यौन प्रस्ताव,गर्भवती बनाउने पुरुषलाई ६४ हजार रुपैयाँ दिने गरिन् घोषणा



 

 

केही दिन देखि एक २५ वर्षीया युवतीले खुलेआम यौन प्रस्ताव राखेकी छन् । उनले इन्टरनेटमा आफ्नो तस्विर राखेर यौन प्रस्ताव गरेपछी संसारभरक मानिस आश्चर्यचकित परेका छन् ।

पश्चिमी रोमानियाको टिमिसोआरामा बस्ने यी २५ वर्षीया अडेनिया अबलुले आफूलाई गर्भवती बनाउने पुरुषले पारिश्रमिक समेत दिने समेत बताएकी छन् । उनले इन्टरनेटमा आफूलाई गर्भवती बनाएर पैसा लिन आह्वान समेत गरेकी छन् ।

उनले आफुसँग यौनसम्पर्क राखेर गर्भवती बनाउने पुरुषलाई ५ सय युरो ९करिब ६४ हजार नेपाली रुपैयाँ० पारिश्रमिक दिने घोषणासमेत गरेकी छन् ।

बेलायती अखबार द मिररकाअनुसार उनले आफ्नो फेसबुक पेजमा यस्तो विज्ञापन गरेकी छन्, ‘केटाहरु भेट्नु त ठूलो कुरा होइन् । तर, म सम्बन्धमा बसेर समय बर्बाद गर्न चाहन्नँ । बरु म त्यसका लागि पैसा तिर्छु’, उनले फेसबुकमा लेखेकी छन् । एजेन्सी

तपाईको भाग्य चम्काउने यि सरल तरिका
तपाईको भाग्य चम्काउने यि सरल तरिका बारे जानकारी लिनुहोस्! अहिलेको युगमा मानिसले भाग्यमा भन्दा मेहनतमा विश्वास गर्नुपर्दछ भन्ने चलन रहेको छ । तर कतिपय अवस्थामा हामी लाख मेहनत गर्दा पनि सफल हुन सक्दैनौं किन ? संस्कृतमा भनाइ छ भाग्यं फलति सर्वत्र न विद्या न च पौरुष ।

भाग्यमा भए थलैमा भन्ने नेपाली उखान पनि छ । भाग्यप्रति विश्वास गरे पनि नगरे पनि वा यसलाई पूर्वजन्मको कर्मफल अथवा यसै जन्मको पुरुषार्थ भनिए पनि प्रकारान्तरमा त्यसले भाग्यतर्फ नै इंगित गर्छ । यहाँ केही सामान्य उपाय बताइएको छ जसलाई दैनिक व्यवहारमा उतारेर भाग्य जगाउन सकिन्छ । बिहान सबेरै उठ्नुहोस्ः बिहान समयमा नैं उठ्नु तपाईका लागी आफैंमा फाइदाजनक हुन्छ ।

बिहा सबेरै उठ्ने सामान्य व्यायम जस्तैं योगा गर्दा मन शान्त हुन्छ । अर्को बिहान अबेलासम्म सुतिरहने व्यक्तिको कुण्डलीमा सूर्य कमजोर छ भन्ने बुझ्नुपर्छ र कुण्डलीमा सूर्य बलवान् नै भए पनि अबेरसम्म सुतिरहने बानी बसालियो भने अवश्य पनि सूर्य कमजोर हुन्छ । कमजोर सूर्यका कारण कार्यालयमा सदैव हाकिम वा मालिकको कचकच सुनिरहनुपर्ने हुन्छ र पदोन्नतिमा समेत बाधा खडा हुन्छ । यसको विपरीत सबेरै उठियो भने सूर्यका साथै पितृहरू प्रसन्न हुन्छन् र उनीहरूको आशीर्वाद प्राप्त हुन्छ । खानपानमा ध्यान दिनुहोस्ः खानपानले हाम्रो स्वास्थ्यमा गम्भिर खालको असर गर्दछ ।

कार्यव्यस्तताका कारण आधुनिक मानिस खानपानमा त्यति ध्यान दिँदैनन् । फलस्वरूप अनेकौं समस्या सिर्जना हुन्छन् । तसर्थ खानपानको समय निश्चित हुनुपर्छ, यसका लागि समय छुट्याउनुपर्छ । हिँडदै खाने बानी छ भने छोड्नुपर्छ किनभने यस्ता बानीका कारण प्रेतदोष तथा पितृदोष हुन्छ र मानिस बिरामी पर्नुका साथै धनको हानि हुन्छ । स्थिर रहेर खानपान गर्नाले देवताहरू प्रसन्न हुन्छन्, राहु दोष शान्त हुन्छ र जीवनमा उत्तरोत्तर प्रगतिको मार्ग प्रशस्त गर्छन भन्ने विश्वास रहेको छ । शिष्टाचार जरुरीः सदाचारी र आज्ञाकारि व्यक्ति जीवनमा धेरै सफल हुनसक्छ यस्ता कुराहरु पुराणहरुमा उल्लेख गरिएको छ । आफूभन्दा सानो कसैले अभिवादन गर्छ भने आफूले पनि शिष्टतापूर्वक उसलाई अभिवादन गर्नुपर्छ ।

कोही आफूभन्दा श्रेष्ठ छ भने, चाहे त्यो व्यक्ति आफ्नो कर्मचारी नै किन नहोस् उसलाई अवश्य पनि अभिवादन गर्नुपर्छ । यसबाट बृहस्पति र शनि सबल हुने भएकाले जीवनमा कहिल्यै पनि दुर्भाग्यको सामना गर्नुपर्दैन । बाहिरबाट आउँदा केही लिएर आउँनेः गुमाउनु भन्दा प्राप्त गर्नु आफैंमा सफलताको लक्षण हो । घरबाहिर कतै गएर र्फकँदा केही न केही चिज साथमा लिएर आउनुपर्छ ।

यसो गर्नाले गृहलक्ष्मी स्थिर हुन्छिन्, घरमा लच्छिनको बास हुन्छ । साथै घरमा झगडा हुँदैन र परिवारमा प्रेमभाव रहिरहन्छ । हामीले माथि भनेका कुराहरु गर्न सक्नुभयो भने तपाईले तपाईको जीवनमा आश्चर्यजनक रुपमा परिवर्तन देख्न पाउँनुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
राज्यशक्तिको दुरुपयोग गरेर मलाई जेल हाल्न खोजियो : रवि लामिछाने

    सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

एमालेलाई जग्गादानविरुद्धको रिट हेर्न नमिल्नेमा

    नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गादानविरुद्धको

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्ने

    सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं

वर्तमान सरकार परिर्वतन हुदैन : शेखर कोइराला

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिर्वतनबारे सोच्न नसकिने