पथरी काण्ड : कविताको डर लाग्दो खुलासा, बरु म मर्छु ! बाहरियो डर लाग्दो रिपोर्ट…(हेर्नुहोस् भिडियो)



हाम्रो इकोनोमि

 

गत शनिबार विहान मोरङको पथरी १ मा नग्न अवस्थामा मृत भेटिएकी रिना बस्नेत (रुपा) को मृत्यु बारेमा प्रहरीले नयाँ रहस्य सार्बजनिक गरेको छ ।

प्रहरीकाअनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट रिनाको पोष्टमार्टमको प्रारम्भिक रिर्पाेट आएको छ तर, हत्या गरेर फालेको प्रमाण भेटिएको छैन ।

स्थानीयले उनको बलात्कारपछि हत्या गरेर सडकको हालेको हुनसक्ने आशंका गरेका थिए ।

तर प्रारम्भीक रिपोर्टमा बालात्कार भएको प्रमाण पनि देखिएको छैन । पोष्टमार्टम रिर्पोटले घरमाथिबाट झरेको आशंकालाई बल पुगेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

यद्यपि फरेन्सिक जाँचका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको छ । मदिरा सेवन गरे नगरेको विषय फरेन्सिक रिपोर्ट आएपछि थाहा हुनेछ ।

घटना भएको रातको सिसी क्यामेरा फुटेजमा रिनाको शव भेटिएको सडकमा मध्यरातमा एउटा रिक्सा गुडेको देखिन्छ । चालकको अनुहार चिनिँदैन तर, रिक्सामा केही देखिन्छ ।

केही घन्टापछि फेरि रिक्तो रिक्सा त्यही सडकमा गुड्छ । सोही आधारमा प्रहरीले ती ब्यत्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको छ ।

प्रहरीले मध्यरातमा सीसीटीभीमा कैद भएका ठेला सञ्चालकको पहिचान पनि गरेको छ । तर, उनको रिना मृत्य प्रकरणमा संलग्नता नदेखिएको प्रहरीले बताएको छ ।

प्रहरी उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार ‘रिनाको मृत्यु प्रकरणमा उनको संलग्नता देखिँदैन ।’

उनको नाम भने गोप्य राखिएको छ । यसैबिच रिनाका प्रेमी भनिएका कमल नेपाललाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रारम्भिक बयानमा कमलले रिनासँग प्रेम सम्बन्ध रहेको स्वीकार गरेका छन् ।

पथरीमा व्यवसाय गर्दै आएका नेपालको पोलिग्राफ टेष्ट गर्ने तयारी भइरहेको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए ।

रिनाको मृत्युलाई लिएर स्थानीयबासी प्रदर्शनमा उत्रिएपछि मंगलबार दिनभर पथरी तनावग्रस्त भएको थियो ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...