समाचार ‘हिम्मतवाली’ का नायक सुदर्शन गौतमविरुद्ध रेड नोटिस जारी



हाम्रो इकोनोमि

 

‘हिम्मतवाली’ चलचित्रका नायक सुदर्शन गौतमविरुद्ध प्रहरीले रेड नोटिस जारी गरेको छ ।

मानव बेचविखन मुद्दामा उनीविरुद्ध रेड नोटिस जारी भएको प्रहरी प्रधान कार्यालयको भनाइ छ ।

गौतमविरुद्ध नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानवतस्करी गरेको अभियोग छ ।

८ महिनाको प्रक्रियापछि गौतमविरुद्ध रेड नोटिस जारी भएको प्रहरीकाे इन्टरपोल शाखा प्रमुख एसएसपी उमेशराज जाेशीले जानकारी दिए ।

रामेछापका गौतम हाल नेपाली नागरिकता त्यागेर क्यानडामा बस्दै आएको प्रहरीको भनाइ छ । यसअघि इन्टरपोलले ३१ जना नेपालीविरुद्ध रेड नोटिस जारी गरेको थियो । इन्टरपोलको सदस्यमा हाल १ सय ९२ राष्ट्र छन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...