नाठो संग लागेर अमेरिका जाने सपना देखे पछी यसरी भयो रोडको बास,को-को बने सुकुम्बासी



हाम्रो इकोनोमि

 

नेपालमा सरकारी जागिरेको सान छ । सरकारी जागिरेप्रति युवतीहरुको पनि आकर्षण छ ।
एक शाखा अधिकृतसँग लोभिदा हाल काठमाडौंमा केही युवतीहरु ठगिएका छन् । एक ठगले आफू शाखा अधिकृत भएको भन्दै भ्रममा पारेर युवतीहरुलाई ठगी र शोषण गरेका हुन् ।  डोटी घर भएका २६ वर्षिय केशबराज भट्टले यसरी ठगी गरेका हुन् । उनलाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको छ ।

 

प्रहरीका अनुसार उनले आफू अधिकृत भएको र उच्च पदस्थसँग चिनजान भएको भनेर फेसबुकमा फोटो राख्दथे । अपरिचित युवतीहरुलाई फेसबुकमा साथी बनाउने र उनीहरुसँग नजिकिएर बिहेको प्रस्ताव राख्दथे । उनी सरकारी कर्मचारीले नै लगाउने पोशाक समेत लगाएर हिड्ने गरेको प्रहरीले जनाएको छ ।

 

विभिन्न बहाना गरी तीन युवतीसँग रकम समेत लिएका थिए । कतिपय युवतीको उनले चरिहत्या समेत गरेका थिए । साइबर क्राइम मुद्दामा उनीविरुद्ध कारबाही अघि बढाइएको अपराध महाशाखाले जनाएको छ।

 

अमेरिका बस्ने ज्वाई खोज्दा घर गुम्यो, छोरीको बिचल्ली

नेपालीको विदेश मोह अचम्मको छ । यूरोप–अमेरिका जानका लागि करोडौं खर्च गर्न पछि पर्देनन् । अझ युवतीहरु यूरोप–अमेरिका बस्ने केटा भनेपछि हुरुक्कै हुने गरेका छन् । त्यही मोहका कारण केही युवतीहरुको बिचल्ली समेत भएको छ ।
आफू अमेरिकाको पिआर होल्डर भएको र बिहे गरेर अमेरिका लैजाने भन्दै एक युवकले सजिलै काठमाडौंमा पाँच युवतीलाई यौन शोषण गरी

 

लाखौं रुपैयाँ ठगी समेत गरेका छन् । युवक पक्राउ परेपछि प्रहरीमा पीडित युवतीहरुको लर्को लागेका छ ।  प्यूठान घर भएका ३१ वर्षिय शशिधर खड्काले यसरी युवतीहरुलाई ठगी र यौनशोषण गरेका हुन् । महानगरीय प्रहरी परिसरले उनलाई गत साता पक्राउ परेको छ ।

 

काठमाडौंकी एक युवतीको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् । ती युवतीलाई उनले गत वर्ष एक बिहेको भोजमा भेटेका थिए । युवक चिटिक्क परेर हिड्थे । उनको उदेश्य नै युवतीहरुलाई आकर्षित गराएर ठगी र शोषण गर्नु थियो ।

बिहेमा भेटेकी ती युवतीलाई उनले आफू अमेरिका बस्ने भन्दै प्रभावमा पारे । युवती सहजै उनको नक्कली माया जालमा परिन् । केही महिनामै आफ्ना बुबा–आमालाई समेत भेटाइन् । बिहे गर्ने सहमति भयो । बिहे गरेर अमेरिका जानुअघि नेपालमै बस्ने भएपछि युवकलाई उनीहरुले आफ्नै घरमा बैंकमा राखे । घरज्वाई जस्तै गरी उनी युवतीको घरमा बसे, लिभिङ टुगेदरका रुपमा ।

 

अमेरिका जान युवतीले पासपोर्ट पनि बनाइन् । भिसा प्रक्रियाका लागि अमेरिकाबाट पैसा ल्याउन समस्या भएको भन्दै उनले युवतीकै परिवारलाई पैसा मिलाउनुपर्ने बताए । छोरीलाई बिहे गरेर अमेरिका पठाउने भएपछि पैसा दिन उनको परिवार तयार भयो । भिसा प्रक्रियाका लागि भनेर पैसा लिएपछि घरज्वाई टाँढा हुँदै गए ।

 

बिस्तारै उनी घरमै आउन छाडे । फोन गर्दा मोबाइल नै अफ हुन थाल्यो । मोबाइल नै अफ भएपछि आफूहरु ठगिएको ठानिएर उनीहरु प्रहरीमा गएका हुन् । पक्राउ परेपछि उनले ती युवती र उनको परिवारलाई चिन्दै नचिनेको बताएपछि उनीहरु छाँगाबाट खसेजस्तो भए ।

 

एकातर्फ छोरीमाथि शोषण र अर्कोतर्फ घर बैंकमा राखेर निकालेको करिब ४० लाख डुबेको थियो । अमेरिकी ज्वाईको मोहमा पनि सो परिवार यतीबेला बर्बाद भएको छ ।

 

बर्बाद हुनेमा उनीमात्र होइन । खड्काबाट पीडित अन्य चार युवती प्रहरीमा पुगिसकेका छन् । ललितपुरकी एक विवाहित महिलालाई त उनले अमेरिका लैजाने भन्दै श्रीमानसँग डिभोर्स गर्न लगाएका थिए । अमेरिका मोहले पैसा त डुबाइन्् नै वैवाहिक जीवन समेत उनको अस्तव्यस्त हुन पुगेको छ । धादिङकी अर्की एक युवती पनि उनीबाट सिकार भइसकेकी खुलेको छ । तीन जनाले उजुरी दिइसकेको र अन्य दुई जना उजुरी दिने क्रममा छन् ।

 

सबै युवतीलाई फरक फरक नाम भन्ने गरेका थिए । कसैलाई गुलाब सिंह त कसैलाई क्षिजितका नामले उनले चिनाउँथे । धेरैलाई अमेरिकाको पिआर होल्डर भनेर प्रभावमा पारी उनले ठगी र शोषणा गर्दै आएको काठमाडौं परिसरका डिएसपी होमिन्द्र बोगटी बताउँछन् । उनको धन्दा नै युवती ठगी भएको र निकै चलाखीपूर्वक ठगी गर्दै आएका थिए । उनीविरुद्ध बलात्कार मुद्दामा पनि प्रहरीले कारबाही अघि बढाएको आर्थिकप्लसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...