बालबाल बचे राहुल गान्धी, पटनाका लागि उडेको विमान दिल्ली फिर्ता (भिडियो)



हाम्रो इकोनोमि

 

भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धी शुक्रबार ठूलो दुर्घटनाबाट जोगिएका छन्। एक चुनावी सभालाई सम्बोधन गर्न दिल्लीबाट पटनाका लागि जाँदैगर्दा उनी चढेको विमान आकाशमा उडिरहेका बेला एक्कासी खराब भएको गान्धी स्वयमले ट्वीटरमा एक भिडियो पोस्ट गरेर जानकारी दिएका छन्। विमानमा एक्कासी खराबी आएपछि पाइलटले सो विमान दिल्ली फिर्ता गरेको भारतीय सञ्चार माध्यहरुले जनाएका छन्।

 

भिडियोमा विमान अस्वभाविक ढंगले हल्लिएको र राहुल गान्धी सेता कुर्ता पाइजामामा रहेको देखिएको छ। यही बीचमा विमान दिल्लीतर्फ फिर्ता गरिएको आवाज सुनिन्छ । गान्धी शुक्रबार बिहारको पटना, ओडिशा र महाराष्ट्र लगायतका चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको थियो। गान्धीले विमानमा आएको खराबी कारण चुनावी सभामा पुग्न नसेकोमा माफीसमेत मागेका छन्।

 

यसअघि पनि राहुल गान्धी एक ठूलो विमान दुर्घटनाबाट जोगिएका थिए। दक्षिण भारतको तमिल नाडुबाट दिल्ली फर्किने क्रममा उनी चढेको विमानको उचाई एक्कासी घटेर पहाडमा ठोक्किनै लाग्दा पाइलटले जोगाएका थिए। सो घटना गान्धी आफैले खुलासा गरेका थिए। सो घटना पछि गान्धीले नेपाल हुँदै मानसरोबर पुगेर तिर्थाटन पनि गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...