रुस पुगेर किमले अमेरिकालाई दिए यस्तो डरलाग्दो चेतावनी



हाम्रो इकोनोमि

 

लामो समय देखि अमेरिका र उत्तर कोरियाका बिचमा सम्बन्धमा दरार आएको छ । यो बिचमा पछिल्लो समय अमेरिका र रुसको सम्बन्ध पनि ठिक नभएको ब्याख्या हुने गरेको छ । आणविक हतियारलाई लिएर अमेरिकाले कोरियामाथि अनेक दबाब बनाउँने प्रयास गर्दा पनि कोरियाले मानिरहेको छैन ।

 

दुई देशका नेताहरु९अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन० बिच दुई पटक भेटवार्ता भइसकेको छ । सुरुको भेट सिंगापुरमा भएको थियो भने दोस्रो भियतनाममा भएको थियो । यी दुवै भेटबाट कुनै पनि नतिजा नकिस्केपछि अहिले विश्वमा अर्को त्रास उत्पन्न भएको छ । हालै किमले रुसी राष्ट्रपति भ्लादमीर पुटिनसँग भेटवार्ता गरेका छन् । उनीहरुको यो पहिलो हो जुन हिजो मात्रै भएको छ ।

 

भेटमा अमेरिकालाई केन्द्रमा राखेर कुरा भएको विदेशी समाचार एजेन्सीहरुले जनाएका छन् । दुई देशको व्यापार, सुरक्षा र द्पक्षिय सम्बन्धको बारेमा चर्चा गरिएको छ । भेटमा किमले अमेरिकाले आफुलाई धोका दिएको भन्दै परिणाम गलत्त हुनसक्ने चेतावनीसम्म दिएका छन् । उनले अमेरिका आफुलाई शक्तिशाली बनाइराख्न उत्तर कोरियाको आणविक प्रणाली खत्तम गर्न तर्फ लागेको उनको आरोप छ ।

 

उनले दुई देशले जित्ने भन्दा पनि अमेरिका आफैं एक्लैले जित्ने गरि माग राख्दै आएका हुनाले सहमति हुन नसकेको उनको भनाई छ । यसका साथै उनले पुटिनलाई आफ्नो देशमा आउँन निम्ता समेत्त दिए जसलाई पुटिनले सहजै स्विकार गरेका छन् । उनले आफुले पनि विश्वमा अहिले शान्ति चाहेको तर अमेरिकी दादागिरी नचाहेको प्रतिकृया दिदैं आउँनु भएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...