गम्भीर आशंका : झापामा बालक जेलभित्र नै मृत फेला



हाम्रो इकोनोमि

 

एकजना कैदीकाबन्दीको जेलभित्र ज्यान गएको छ । मेचीनगर–६, काँकरभिट्टाका १५ वर्षीय किरण कार्की ढोली (दर्जी) को हिरासतमा शंकास्पद मृत्यु भएको हो ।

यस घटना छानबिनका लागि प्रहरीले उनको परिवारसँग बयान लिएको छ ।

प्रहरीले इलाका, जिल्ला र प्रदेशस्तरका तीन समिति बनाएको थियो । प्रदेशस्तरीय छानबीन समितिले बुधबार राति मृतकका परिवारसँग सोधपुछ गरेको हो ।

एसएसपी किशोर दाहाल संयोजकत्वको तीन सदस्यीय टोलीले राति ९ बजेसम्म बयान लिएको जनाएको छ ।

मृतकका बुबा रमेशले बयान दिन इन्कार गरेका थिए । उनले भने, ‘बयान दिएर मेरो छोरो फर्किएर आउने होइन ।’

मृतककी दिदी प्रतिमा र भाउजू सिर्जनाले बयान दिएका थिए । किरणले हिरासतमा आत्महत्या गर्नै नसक्ने सिर्जनाले दावी गरेकी थिइन् ।

घटनापछि किरणको शव बुझ्न मेची अञ्चल अस्पतालसमेत पुगेकी उनले किरण झुन्डिएको स्थान हेर्छु भन्दा प्रहरीले नदिएको बताइन् ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । १८ बर्ष नपुगेकालाई कारागारमा नभई सुधार गृहमा राख्नुपर्ने कानून छ ।

तर उनी १५ बर्षकै उमेरमा जेलघरभित्रै कसरी मृत भए सबैले शंका गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...