गम्भीर आशंका : झापामा बालक जेलभित्र नै मृत फेला



हाम्रो इकोनोमि

 

एकजना कैदीकाबन्दीको जेलभित्र ज्यान गएको छ । मेचीनगर–६, काँकरभिट्टाका १५ वर्षीय किरण कार्की ढोली (दर्जी) को हिरासतमा शंकास्पद मृत्यु भएको हो ।

यस घटना छानबिनका लागि प्रहरीले उनको परिवारसँग बयान लिएको छ ।

प्रहरीले इलाका, जिल्ला र प्रदेशस्तरका तीन समिति बनाएको थियो । प्रदेशस्तरीय छानबीन समितिले बुधबार राति मृतकका परिवारसँग सोधपुछ गरेको हो ।

एसएसपी किशोर दाहाल संयोजकत्वको तीन सदस्यीय टोलीले राति ९ बजेसम्म बयान लिएको जनाएको छ ।

मृतकका बुबा रमेशले बयान दिन इन्कार गरेका थिए । उनले भने, ‘बयान दिएर मेरो छोरो फर्किएर आउने होइन ।’

मृतककी दिदी प्रतिमा र भाउजू सिर्जनाले बयान दिएका थिए । किरणले हिरासतमा आत्महत्या गर्नै नसक्ने सिर्जनाले दावी गरेकी थिइन् ।

घटनापछि किरणको शव बुझ्न मेची अञ्चल अस्पतालसमेत पुगेकी उनले किरण झुन्डिएको स्थान हेर्छु भन्दा प्रहरीले नदिएको बताइन् ।

प्रहरीले घटनाका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ । १८ बर्ष नपुगेकालाई कारागारमा नभई सुधार गृहमा राख्नुपर्ने कानून छ ।

तर उनी १५ बर्षकै उमेरमा जेलघरभित्रै कसरी मृत भए सबैले शंका गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...