रीना बस्नेत काण्डमा प्रहरीले भन्यो, ठेलागाडा कुदाउने संग घटनाको कुनै सम्बन्ध छैन
गत शनिबार मोरंगको पथरीमा भएको रीना बस्नेतको शंकास्पद मृत्युको घटनामा प्रहरीले नयाँ तथ्य सार्बजनिक गरेको छ । घटना भएको रातको सिसि क्यामेरा फुटेजमा देखिएका ब्यत्ति र केही शंकास्पद ब्यत्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । उनको बलात्कार पछि हत्या भएको हुन्शं सक्ने का गर्दै आएका थिए ।
अहिलेसम्मको अनुसन्धानमा नग्न अबस्थामा मृत भेटिएकी रिना बस्नेत (रुपा) को बलात्कार नभएको प्रहरीले बताएको छ भने क्यामेरामा देखिएको माक्स लगाएको ब्यत्तिले शव बोकेको नभई उनी तरकारी पसले रहेको र उनले तरकारी बोकेको पाईएको प्रहरीले जनाएको छ ।
उक्त ब्यत्तिलाई समेत शंकास्पद भनी अनुसन्धान गर्न माग गरेपछि प्रहरीले ती ब्यत्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो । सार्बजनिक भएको ठेलागाडाको पहिलो फुटेज घटना भए पछि र लास उठाईसकेपछिको भोलिपल्टको रहेको छ ।
घटनाको गम्भिर अनुसन्धान गरिरहेको प्रहरीले रिनाका प्रेमी भनिएका कमल नेपाललाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनको मोबाईलमा कुनै त्यस्ता आपत्तिजनक कुराकानी र भिडियोहरु फेला नपरेको प्रहरी दाबी छ । उनको बलात्कार पछि हत्या भएकोहुन सक्ने स्थानीयले संका गर्दै आएका छन् ।
प्रहरीले नेपालकी श्रीमती र उनका केही आफन्त सँग समेत सोधपुछ अघि बढाएको छ भने घटनामा शंकाको घेरामा समेत राखेको छ । केही दिनमा सबै कुरा सार्बजनिक हुने प्रहरीले जनाएको छ ।
घटना अतिरञ्जित भयो ,अतिरञ्जित गर्नेको लिष्ट तयार गर्दै प्रहरी
सोही घटनालाई लिएर सामाजिक सञ्जाल लगायत युटयुबमा अतिरञ्जित गर्न तल्लीन बिना दर्ताका केही मिडिया र युटयुबरहरुलाई कारबाहीको प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ । मृतकका १३ बर्षिया छोरालाई घटना बकाउने र युटयुबमा पत्रकारिताको आचारसहिंता बिरुद्ध बालकको भिडियो अन्तरबार्ता गर्ने युटयुब मिडियाहरुलाई कारबाहीको प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।
बिना दर्तामा मिडियाहरुले घटनालाई थप अतिरञ्जित गर्न, मानिसहरु आक्रोशमा आउने खालका शिर्षक दिएर समाचार प्रकाशन र प्रसारण गर्ने ,अर्काको हुबहु कपि गर्नेलाई समेत प्रहरीले कारबाही गर्ने जनाएको छ ।
रिनाका श्रीमान आए मिडियामा, खोले यस्तो अनौठो रहस्य (भिडियो)
पछिल्लो समय मोरङ पथरी १ की रिना बस्नेत सँग सम्बन्धित विषय निकै चर्चामा रहेको छ
वास्तवमा रिनाको लडेर मृत्यु भएको हो या कसैले हत्या गरेको हो भन्ने विषय अझै पनि स प्रमाण बाहिर आइसकेको छैन ।
प्रहरी पनि यही विषयमा अनुसन्धान भइरहेको बताइरहेका छन् । त्यसो त घटनाका अघिल्लो दिनहरु तथा सोही दिनलाई मध्यनजर राखेर विभिन्न कोणबाट आ आफ्नो प्रतिक्रियाहरु परिवार तथा अन्य टोल छिमेकका व्यक्तिहरुबाट आइरहेका छन् ।
यो काण्ड अहिले निकै जटिल बनिरहेको छ । वास्तवमै भन्नुपर्दा निकै रहस्यमय बनिरहँदा पथरीमा एक किसिमको अपराधिक कार्य गर्नेहरुलाई मलजल पाएको जस्तो देखिन्छ ।
आखिर घटना भएको दिन बिहान रिना के गर्दै थिइन् ? रिना र कमलको सम्बन्ध कस्तो थियो ? अनि रिना र पतिबीचको सम्बन्ध कसरी अघि बढिरहेको थियो ? भित्री रुपमा रिना कस्ती थिइन् त ?
रिनाकै साथी सरहकी भाउजुले यसरी सुनाइन् भित्री रहस्य, हेर्नुहोस् यो भिडियो रिपोर्ट


