यी कर्मचारी कहाँ जान्छन् रातिमा ? यसरी कार्यलय समय भित्रै दिउँसै मस्त निदाएपछि तस्बिर भयो भाइरल



हाम्रो इकोनोमि

 

कार्यलय भित्रै मस्त कुर्चिमा सुतिरहेकोअबस्थामा एक सरकारी कर्मचारीको तस्विर सार्वजनिक भएको छ।

जुन तस्विर सामाजिक संजालमा भाइरल भएको छ । अचम्म नमान्नु होला । यो तस्विर कुनै देशको नभइ नेपालको सिराहाको हो ।

तस्विर सार्वजनिक हुनेमा नायव सुब्बा भागवत यादव रहेका छन् । पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाअन्तर्गतको राजविराज सप्तरी सम्पर्क

कार्यालयमा भागवत मस्त निदाएका छन् ।
कार्यालयमा अन्य कर्मचारीहरु आफ्नो विभिन्न काममा व्यस्त रहेका बेला यादव भने मस्त निदाइरहेको अवस्थामा भेटिएका हुन्।

दिउँसो २ बजेको समयमा उनलाई कार्यालय भित्र मस्त निदाइरहेको देखेपछि सेवाग्राहीहरु समेत अचम्मित समेत भएका थिए ।

उनी सुतेको तरिका पनि अनोठो खालको देखिएको छ । तस्विरमा उनी मस्त निन्द्रामा देखिन्छन्।

उनको खुट्टा कुनै पनि चप्पल अथवा जुत्ता देखिँदैन। उनको एउटा खुट्टा टेबलमा देखिन्छ, अर्को भने नजिकै रहेको वालमा देखिन्छ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...