‘गेम अफ थ्रोन्स’ मा यी कलाकारले एक भागमै पाउँछन् पाँच करोडभन्दा बढी पारिश्रमिक



हाम्रो इकोनोमि

 

अमेरिकन टिभी सिरिज ‘गेम अफ थ्रोन्स’ को आठौँ भाग शुरु भइसकेको छ । यो सिरिजले संसारकै ध्यान तानेको छ । यसको पहिलो एपिसोड १४ अप्रैलमा रिलिज भएको थियो । यो सिजनलाई लिएर दर्शकमा निकै नै चासो पनि छ । किनकि यो अन्तिम भाग पनि हो । विश्वभर चर्चा रहेको यो फिल्मका कलाकारले कति पारिश्रमिक लिन्छन् ।

 

यसबारेमा जानौँः

सिजन ८ मा डेनेरियस टारगेरियनको भूमिका निभाएकी एमिलिया क्लार्कले प्रति एपिसोड ७ लाख १० हजार डलर पारिश्रमिक लिने गर्छिन् । यो पारिश्रमिक भनेको नेपाली झण्डै ८ करोड हो ।

 

जोन स्नोको भूमिका निभाएका किट हैरिंगटनले प्रति एपिसोड ७ लाख १० हजार पारिश्रमिक लिन्छन् । उनको पारिश्रमिक पनि नेपाली ८ करोडको हाराहारीमा हुन आउँछ । त्यस्तै सर्सी लेनिस्टरको भूमिका निभाएकी कलाकार लीना हेडेले पनि एक भागबाटै ७ लाख १० हजार डलर पारिश्रमिक लिने गर्छिन् ।

 

यो सिरिजको सिजन ८ मा जेमी लेनिस्टरको भूमिका निभाएकी कलाकार निकोलाज कोस्टरले नेपाली ७ करोड ५० लाखको हाराहारीमा पारिश्रमिक लिने गर्छिन् । यस्तै टीरियोन लेनिस्टरको भूमिका निभाएका कलाकार पीटर डिङ्टेल पनि सोही यति नै पारिश्रमिक लिने गर्छन् ।

 

यस्तै सान्सा स्टार्कको भूमिका निभाउने कलाकार सोफी टर्नरले प्रति एपिसोड २ लाख १० हजार डलर पारिश्रमिक पाउँछन् । यो नेपालीमा २ करोड ३५ लाख जति पारिश्रमिक हुन आउँछ ।

यस्तै आर्या स्टार्कको भूमिका निभाएकी कलाकार मेसी विलियम्स र ब्रेन स्टार्कको भूमिका निभाएका कलाकार आइसेक हेम्प्सटेड राइटले पनि प्रति भाग साढे दुई करोड नेपाली पारिश्रमिक लिन्छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...