‘गेम अफ थ्रोन्स’ मा यी कलाकारले एक भागमै पाउँछन् पाँच करोडभन्दा बढी पारिश्रमिक



हाम्रो इकोनोमि

 

अमेरिकन टिभी सिरिज ‘गेम अफ थ्रोन्स’ को आठौँ भाग शुरु भइसकेको छ । यो सिरिजले संसारकै ध्यान तानेको छ । यसको पहिलो एपिसोड १४ अप्रैलमा रिलिज भएको थियो । यो सिजनलाई लिएर दर्शकमा निकै नै चासो पनि छ । किनकि यो अन्तिम भाग पनि हो । विश्वभर चर्चा रहेको यो फिल्मका कलाकारले कति पारिश्रमिक लिन्छन् ।

 

यसबारेमा जानौँः

सिजन ८ मा डेनेरियस टारगेरियनको भूमिका निभाएकी एमिलिया क्लार्कले प्रति एपिसोड ७ लाख १० हजार डलर पारिश्रमिक लिने गर्छिन् । यो पारिश्रमिक भनेको नेपाली झण्डै ८ करोड हो ।

 

जोन स्नोको भूमिका निभाएका किट हैरिंगटनले प्रति एपिसोड ७ लाख १० हजार पारिश्रमिक लिन्छन् । उनको पारिश्रमिक पनि नेपाली ८ करोडको हाराहारीमा हुन आउँछ । त्यस्तै सर्सी लेनिस्टरको भूमिका निभाएकी कलाकार लीना हेडेले पनि एक भागबाटै ७ लाख १० हजार डलर पारिश्रमिक लिने गर्छिन् ।

 

यो सिरिजको सिजन ८ मा जेमी लेनिस्टरको भूमिका निभाएकी कलाकार निकोलाज कोस्टरले नेपाली ७ करोड ५० लाखको हाराहारीमा पारिश्रमिक लिने गर्छिन् । यस्तै टीरियोन लेनिस्टरको भूमिका निभाएका कलाकार पीटर डिङ्टेल पनि सोही यति नै पारिश्रमिक लिने गर्छन् ।

 

यस्तै सान्सा स्टार्कको भूमिका निभाउने कलाकार सोफी टर्नरले प्रति एपिसोड २ लाख १० हजार डलर पारिश्रमिक पाउँछन् । यो नेपालीमा २ करोड ३५ लाख जति पारिश्रमिक हुन आउँछ ।

यस्तै आर्या स्टार्कको भूमिका निभाएकी कलाकार मेसी विलियम्स र ब्रेन स्टार्कको भूमिका निभाएका कलाकार आइसेक हेम्प्सटेड राइटले पनि प्रति भाग साढे दुई करोड नेपाली पारिश्रमिक लिन्छन् ।

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...