कुन महिनामा जन्मेका महिला सुन्दर र मालामाल हून्छन



 

ज्योतिषिय आधारलाइ हेर्ने हो भने प्रत्येक महिनामा जन्मेका व्यक्तिको स्वभाव व्यक्तित्व साथै भाग्य पनि फरक रहेको हुन्छ । त्यसैलाइ आधार मानेर तयार पारिएको मासिक आधारमा महिलाको भाग्य, कुन महिनामा जन्मेका महिला सुन्दर अनि मालामाल ।

 

बैशाख महिनामा जन्मिने महिला: यो महिनामा जन्मिएका महिला सामान्यतया: सुन्दर आँखा भएका हुन्छन् । उनीहरुको स्वभाव सरल र सहज हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । यिनीहरूबीचको प्रेम सम्बन्ध उत्तम रहन्छ । यी महिलाहरू कम खर्च गर्ने तर धेरै क्रोध भएका हुन्छन् । उनीहरूले जीवनमा धन र सुख प्रशस्त प्राप्त गर्ने बताइन्छ ।

 

जेठ महिनामा जन्मिने महिला: जेष्ठ महिनामा जन्म लिएका महिलाहरू उत्तम बुद्धि भएका हुन्छन् । उनीहरूले आफ्नो जीवनमा सुख र धन सहजै प्राप्त गर्छन । यी महिलाहरूका लागि जीवनमा आइपर्ने कुनैपनि कार्यहरूमा समस्या हुँदैन् । यी महिलाहरू तिर्थधर्म गर्नेमा अगाडी हुन्छन् । यिनीहरुको जोडी सामान्य रहन्छ । त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।

 

असार महिनामा जन्मिने महिला: असारमा जन्मिएका महिलाहरू मीठो बोली बोल्छन् । उनीहरूको आवाजमा मधुरता हुन्छ । उनीहरूका श्रीमानको स्वभाव पनि राम्रो हुन्छ । कडा मेहनत र संघर्ष गर्दा समेत उनीहरूले सोचे जस्तो सुख र धन प्राप्त नहुन सक्छ । यी स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् ।

साउन महिनामा जन्मिने महिला: साउन महिनालाई पवित्र र शुभ महिना मानिन्छ । यो महिनामा जन्मिएका महिलाहरू राम्रो र धार्मिक काममा बढी मन लगाउँछन् । यस्ता स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् । उनीहरूको जीवनमा समान रुपमा सुख, दुःख, फाइदा र नोक्सान हुने देखिन्छ । यी महिलाहरूले सन्तानबाट सुख प्राप्त गर्छन् । यी महिलाहरू अधिकांस समय कुनै न कुनै बिमारीबाट घेरिरहेका हुन्छन् । यस्ता महिलाहरू श्रीमान तथा प्रेमीबाट अधिक प्रेमको आशा राख्ने गर्दछन् ।

 

भदौ महिनामा जन्मिने महिला: भदौ महिनामा जन्म लिएका महिलाहरू प्राय मिठो बोली र सरल स्वभावका हुन्छन । उनीहरूलाई श्रीमानबाट पनि अत्यन्तै सुख र प्रेम मिल्छ । घरपरिवार सासु ससुराबाट माया र सम्मान प्राप्त गर्छन् । यी महिलाहरू अलि जिद्दी स्वभावका पनि हुन्छन् । उनीहरूको जिद्दीका कारण धेरैपटक समस्याहरू आइपर्दछन ।

 

असोज महिनामा जन्मिने महिला: असोज महिनामा जन्मिएका महिलाहरूको स्वभाव चञ्चल हुन्छ । उनीहरू कसैसँग कुरा गर्दा पनि सर्तकता अपनाउँछन् । यिनीहरुलाई प्रसस्त धन प्राप्त गर्नुका साथै श्रीमानबाट पनि सुख मिल्ने गर्छ । यिनीहरुलाई सन्तानबाट चिन्ता हुने देखिन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् ।

 

कार्तिक महिनामा जन्मिने महिला: कात्तिकमा जन्म लिने महिला धनवान र बुद्धिमानी हुन्छन् । उनीहरू धेरै कलामा निपुण हुन्छन् । यिनीहरु मिठो बोल्छन् । सामान्यतया यी महिलाहरूले आफ्ना श्रीमानलाई आफ्नो अधिनमा राख्न चाहन्छन् । घरपरिवार, सासु-ससुरासँग पनि झगडा गर्ने तथा झगडालु हुन्छन् । उनीहरूमा रुघाखोकी सम्बन्धी बिमारी बढी देखिन्छ ।

मङ्सिर महिनामा जन्मिने महिला: मङ्सिर महिनामा जन्म लिने महिलाहरू नरम स्वभावका हुन्छन् । यी महिलाहरू बिस्तारै कुरा गर्छन् । उनीहरूलाई झुटो कुरा गरेको मन पर्दैन । यिनीहरुको मन धार्मिक काममा बढी जान्छ । धन सञ्चित गर्ने र खर्च पनि अधिक गर्ने बानीले यिनीहरुको आर्थिक अवस्था सामान्य रहने गर्छ । उनीहरूलाई पेटसम्बन्धी समस्या बढी हुने सम्भावना रहन्छ ।

 

पुष महिनामा जन्मिने महिला: पुष महिनामा जन्मेका महिलाहरूमा सामान्यतया: अत्यन्तै क्रोध भरिएको हुन्छ । यी महिलाहरू आफ्नै कामबाट भाग्य निर्माण गर्ने खुबी राख्छन् । यी महिला कुनै एक क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् । सबैसँग मिलजुल गर्ने स्वभावका कारण समाजमा मान सम्मान पाउँछन् । पुष महिनामा जन्मिने महिलाहरुमा टाउको दुख्ने, वायु र वाथ रोगको समस्या बढी देखिन्छ ।

 

माघ महिनामा जन्मिने महिला: माघ महिनामा जन्मिएका महिलाहरू सुन्दर अनुहारका हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् । सरल र सहज स्वभावका भएपनि अलि जिद्दी स्वभाव का हुन्छन । यिनीहरू अरुलाई कुरा गर्दा पुरा कुरा गर्न नदिने स्वभावका हुन्छन् । यी महिलाहरू कमजोरीका कारण विभिन्न रोगको शिकार हुने पनि देखिन्छ ।

फागुन महिनामा जन्मिने महिला: फागुन महिनामा जन्म लिने महिला धेरै दयावान हुन्छन् । उनीहरू कसैको पनि दु:ख देख्न सक्तैनन् । उनीहरूको स्वभाव र विचार बढी धार्मिक हुन्छन् । यी महिलाहरू पढाइ लेखाइमा अत्यधिक तेज हुन्छन् । दयालु भएकै कारण धन धेरै आर्जन गर्न नसक्ने हुन्छन । स्त्री दुबली पातली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन् ।

चैत महिनामा जन्मिने महिला: चैत महिनामा जन्मिएका महिला चलाख र चतुर हुन्छन् । यस्ता महिला सुन्दर हुन्छन् । यिनीहरु सुन्दर हुनुका साथै चञ्चल स्वभावका कारण अरुलाई छिटो आकर्षण गर्नेगर्छन् । धनबाट पनि उनीहरू लाभान्वित हुन्छन् । उनीहरूमा कहिलेकाहिँ क्रोध हावी हुनाले समस्या पनि निम्त्याउने गर्दछ ।

प्रतिक्रिया दिनुहोस
राज्यशक्तिको दुरुपयोग गरेर मलाई जेल हाल्न खोजियो : रवि लामिछाने

    सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

एमालेलाई जग्गादानविरुद्धको रिट हेर्न नमिल्नेमा

    नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गादानविरुद्धको

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्ने

    सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं

वर्तमान सरकार परिर्वतन हुदैन : शेखर कोइराला

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिर्वतनबारे सोच्न नसकिने