नग्न अवस्थामा मृत्त भेटिएकी रिनाको यस्तो रहेछ मृत्यु रहस्य, को होला त्यो मार्क्स लगाएको मान्छे ?



हाम्रो इकोनोमि

 

 

पाँच दिनअघि मोरङको पत्थरी बजारमा आफ्नै डेराअघि नग्न अवस्थामा मृत्त फेला परेकी रिना बस्नेतको मृत्यु घटनालाई प्रहरीले तीब्र रुपमा छानविन अगाडि बढाएको छ ।

रिनाको रहस्यमय मृत्युपछि सोमबार र मंगलबार दिनभर तनावग्रस्त बनेको पथरी बजार अहिले केहि सामान्य बने पनि स्थानीयले घटनामा संलग्नलाई जतिसक्दो पत्ता लगाएर कार्वाही गर्न प्रहरीलाई दवाव दिइरहेका छन् ।

यस्तो रहेछ रहस्य
शुक्रबार दिनभर पसलमा बसेकी रिना साथीको छोराको जन्म दिनमा छोरासहित साँझ गएकी थिइन् । उनको मोवाइलमा बारम्बार फोन आईरहेको थियो । उनका साथीहरुका अनुसार उनको फोन अरुबेला पनि त्यसैगरी आउने गर्दथ्यो । उनी जाने भन्दै हतार गर्न थालिन् । बेलुका करिब ८ बजे उनी निस्किने तयारी गर्दा उनलाई केही खाएर जाने आग्रहपछि उनले थोरै मासु खाइन् ।

जन्मदिनमा टीका लगाई दिइन् अनि हतारमा त्यहाँबाट बाहिरिन् । त्यहि रात पथरीमा कन्सर्ट आयोजना भएको थियो । उनीहरु आमा छोरा सिधै कन्सर्टमा गए । उनीहरु राति करिब ११ बजे कोठा फर्किए । सधै बियर खाने आमालाई त्यस दिन पनि छोराले नजिकैको पसलबाट बियर ल्याई दिएका थिए । उनले भने स्प्राइट खाए । राति दुबईबाट बाबाको फोन आयो ।

दुबै जना बोले उताबाट चाँडै नेपाल आउने बताए । रिनाको फोनमा त्यसअघि देखि नै कमल नेपालको फोन आईरहेको थियो । कमल नेपाल पथरीका ब्यापारी हुन् । स्थानीय र रिनाका छोराका अनुसार कमलसँग उनको समबन्ध पुरानो नै हो । कमलले नै रिनालाई खर्च दिने समेत गर्दथे ।

छोरा साइमनका अनुसार कमलले उनलाई समेत मोबाइल किनिदिएको खुल्न आएको छ । राति लगभग १२ बजेतिर साइमन सुते । आफू सुतेपछि के–के भयो थाहा नभएको साइमन सुनाउँछन् । भोलिपल्ट घटनापछि मात्र आफूले आमा नरहेको थाहा पाएको बताएका छन् ।

घट्नापछिका अरु घटना
घटना भएको दोस्रो दिन आइतबार स्थानीय र आफन्तले रिनाको हत्या भएको दावी गरे । तर प्रहरीले सो घटना मादकपदार्थ सेवन गरी बाथरुम जाने क्रममा लडेर भएको बतायो । प्रहरीको कुरामा स्थानीयले विश्वास गर्न सकेनन् । कोठामा बियरका बोतल र भित्रि कपडा समेत भेटाएको भन्दै प्रहरीले आँखामा छारो हाल्न खोजेको स्थानीयले आरोप लगाए ।

तर स्थानीय र आफन्तले रिनाको हत्या भएको भन्दै आक्रोश चर्को बनाउन थाले । यहि बीचमा छोरा साइमनले कमल नेपाल र आमाको सम्बन्ध बारेमा बोलेपछि घटनाले अर्को रुप लियो । स्थानीयले कमल नेपालले हत्या गरेको आरोप लगाउँदै उनलाई पक्राउ गर्न माग गर्न थाले ।

अनि चर्कियो आन्दोलन
घटनाको तेस्रो दिन प्रहरीले आफ्नो अडान छोडेन । स्थानीयले दिनभर घटनाको बिरोध गरे । प्रशासनसँग छलफल गरे पनि समस्याको समाधान निस्किएन । साँझ स्थानीय कविता पराजुलीको संयोजकत्वमा संघर्ष समिति गठन गरियो । मृतकका श्रीमान पनि बिदेशबाट पथरी आए । घटनाले नयाँ मोड लियो ।

कमल नेपाललाई हत्याको आरोप लगाउँदै पक्राउ गर्न मागसहित प्रदर्शन र चक्काजाम गरियो । स्थिति तनावपूर्ण भएपछि साँझ कमल नेपाल ईलाका प्रहरी कार्यलय बेलबारीको सम्पर्कमा आए । ईलाका प्रहरी कार्यालय पथरीका इन्स्पेक्टर कमल बजगाईले मेयर दिलिप राईलाई कमल पक्राउ गरेको बताए । सो हल्ला फैलिएपछि स्थानीय थप आक्रोशित भए ।

दोषी पत्ता लगाउन माग गर्दा अश्रुग्याँस
घटनाको चौथो दिन मंगलबार बिहानैदेखि पथरी तनावग्रस्त बनयो । स्थानीयले नगरपालिकामा तालाबन्दी मात्र गरेनन् गेट नै फोडेर प्रदर्शन गरे । त्यसपछि इलाका घेराउ गर्न गएका स्थानीयले नाराबाजीसहित इलाकाको गेटमा ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले ३० सेल बढी अश्रुग्याँस प्रहार ग¥यो । ५ जना स्थानीय र ३ जना प्रहरी गरी ८ जना घाइते भए । सोही घटनाको बिरोधमा स्थानीयले चक्काजामसहित टायर बालेर बिरोध गरे ।

प्रहरीले फेरि अश्रुग्याँस प्रहार गर्‍यो । आसपासका अस्पतालमा रहेका बिरामी मात्र नभएर अन्य स्थानीयलाई समेत समस्या भएपछि स्थिति तनावग्रस्त बनेपछि पथरीका मेयर दिलिप राई र उपमेयर यमुना बिष्ट बाँस्तोलाले सडकमा निस्किएर प्रहरीलाई पछि हट्न आग्रह गरेपछि स्थिति केही सामान्य बन्यो । त्यसपछि प्रशासन र संघर्ष समितिबीच बार्ता भएपछि ३ दिनका लागि प्रहरीले समय माग्यो र स्थानीय पछि हटेका छन् ।

यस्तो रहेछ घटनाको अन्तर्य
पछिल्लो घटना रिना बस्नेतको मृत्युसँग मात्र जोडिएको छैन । यसअघि पथरीमा भएका ५ वटा घटनाको अनुसन्धानमा प्रहरीले देखाएको सुस्तता र अलमलका कारण पनि यो घटनाले आन्दोलनको स्वरुप ग्रहण गर्न पुगेको देखिएको छ । प्रहरीसँग पथरीबासी सन्तुष्ट छैनन् ।

कारण कुनै पनि घटनामा प्रहरीले चित्तबुझदो अनुसन्धान गर्न सकेको छैन । करीब एक महिनाअघि भएको सिक्का बार काण्डले त झनै प्रहरीप्रति स्थानीयलाई बितृष्णा जगाएको स्थानीय बताउँछन् । पीडितहरु अझै अनुसन्धान फितलो भएको बताइरहेका छन् । पछिल्लो घटनाक्रममा सोही घटना र पीडितहरु समेत जोडिएका छन् ।

कसरी शुरु भयो पथरीमा आन्दोलन ?
शनिबार बिहान मर्निङ वाक गर्ने स्थानीयले पथरी १ मा एउटा नग्न शव घोप्टो परेको अबस्थामा देखे । प्रहरीले खबर पाएपछि आएर हेर्दा सोही स्थानमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी २९ बर्षिया रिना बस्नेत (रुपा) को शव भएको पुष्टि भयो । त्यसपछि हल्लाखल्ला शुरु भयो ।

रिनाका श्रीमान दुबईमा थिए । उनी १४ बर्षिया छोरा साईमन सँग पथरीमा कस्मेटिक पसल सञ्चालन गर्दै आएकी थिईन । नग्न अबस्थामा भेटिएको शव मोष्टमार्टमका लागी प्रहरीले लाने कोशिष गरेपनि मृतकका आफन्त र स्थानीयले केहीक्षण शव उठाउन दिएनन् । तर प्रहरीलाई जबरजस्ती शव उठाएर धरान पुर्‍यायाे ।
के छ सिसी क्यामेराको फुटेजमा ?
प्रहरीले घटनापछि रिनाको मोबाइल र कमलको मोबाइल नियन्त्रणमा लिईसकेको छ भने सोही रातको सिसी क्यामेरा फुटेजमा कैद भएको दृष्यको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । सोही दिनको फुटेजमा मार्क्स लगाएको एक ब्यक्तिले अटोरिक्सामा बोराले छोपेर केही सामान ल्याएर घटनास्थलमा फालेको देखिएको छ । यी प्रमाणहरुले उनको अन्यत्र लगि हत्या गरेर सोही ठाउँमा ल्याई फालेको हुनसक्ने स्थानीयको अनुमान छ ।

को होला दोषी ?
घटनाको पाँच दिन बितिसके पछि प्रहरीले रिनाको मृत्युमा दोषी व्यक्ति किटान गर्न सकिरहेको छैन । स्थानीयले रिनाको हत्यामा कमल नेपाललाई शंका गरेका छन् । उनी प्रहरी नियन्त्रणमै छन् । उनीसँगको बारम्बारको सम्पर्कका आधारमा पनि उनलाई शंका गरिएको हुन सक्ने जानकार बताउँछन् । उनी निर्दोष पनि हुन सक्छन् ।

यी बिषयमा अहिले नै सबै कुरा भनिहाल्नु उपयुक्त नहुने एक स्थानीय बताउँछन् । केही स्थानीय रिनासँग अरुको पनि संगत रहेकाले उनीहरुलाई पनि नियन्त्रणमा लिनुपर्ने माग राखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
अमेरिकाको वार्ता प्रस्ताव इरानले गर्‍यो अस्वीकार

    इरानले अमेरिका विरुद्धको बढ्दो सैन्य तनावबीच शक्तिशाली मिसाइल प्रयोग गर्न सक्ने...

काठमाडौंको वायु निकै अस्वस्थ, प्रदूषणले पार गर्‍यो सिमा

    काठमाडौंमा वायुको गुणस्तर निकै खराब स्थितिमा पुगेको छ । आज बिहान...

नवनिर्वाचित राष्ट्रिय सभा सांसदहरूको शपथ

    माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका सांसदहरूले शपथ...

नीति र नेतृत्वलाई जनताले अस्वीकार गरे : योगेश

    नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालै सम्पन्न निर्वाचनको परिणामले पार्टीको नीति...