प्रेमिकाको ट्याटु खोप्दा एचआईभी, जो वीर अस्पतालमा जीवनसँग अन्तिम लडाइँ लड्दैछन्



हाम्रो इकोनोमि

 

आफ्नो प्रेमिकाको प्रेममा भुतुक्कै भएर छातीमा ट्याटु खोपेका एक युवक अहिले वीर अस्पतालमा जीवन मरणको दोसाँधमा छन् । उनीसँग न त अहिले आफ्नी प्रेमिका छिन्, न त जीवन बाँच्ने आधार । उनी एचआईभी पीडित हुन् । न त बोल्न सक्छन्, न त चल्न सक्छन् ।

 

वीर अस्पतालमै कार्यरत एक नर्सका अनुसार चार वर्ष ती युवक एक युवतीको प्रेममा परे । दुवैजना भागेर बिहे गर्ने र विदेश पलायनको सोच बनाउन थाले । तर, ती युवकले सोचे जस्तो भएन । युवती अर्कै युवासँग विदेश उडिन् ।

 

यता, ती युवक भने युवतीको प्रेममा डुब्न थाले । उनले प्रेमिकालाई बिर्सन सकेनन् । र, आफ्नो छातीमा ती युवतीको ट्याटु खोपे । ट्याटु खोपेको केही महिनापछि उनलाई लगातार ज्वरो आउन थाल्यो । परिवारले उनलाई चेकअप गराउन अस्पताल लगे । रगत परीक्षण गर्दा उनमा एचआईभी पोजेटिभ देखियो । यो खबर सुन्नेवित्तिकै उनको होसहवास उड्यो ।

 

ट्याटु खोप्दा उनलाई एचआईभी सरेको रहेछ । परिवारमा सन्नाटा छायो । घरको एक्लो छोरा । आमाबाबु निकै पीडामा परे । केही समयपछि उनी विरामी परे । उनलाई परिवारले दुई महिनासम्म नर्भिक अस्पतालमा उपचार गराए ।

 

ती युवकमा ईमेनेन्जाइटिसले ग्रसित बनाइसकेको रहेछ । त्यसपछि न उनी बोल्न सक्न सक्ने भए न त चल्न सक्ने नै भए । शरीर पूरै अपांगता । अहिले उनी वीर अस्पतालमा जीवनको अन्तिम लडाइँ लडिरहेका छन् ।

 

यो घटनाले आवेश र रहरै रहरमा चाँडै कुनै निर्णय गर्नु हुँदैन र ट्याटु खोपाउँदा निकै ध्यान दिनुपर्ने सन्देश दिएको छ । राजधानीमा पछिल्लो समय ट्याटु खोप्ने संस्कृति बढेको छ । तर, त्यसले कतिलाई विभिन्न रोगबाट संक्रमित बनाइरहेको छ भन्ने खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस
ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...

सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

चन्द्रागिरि नगरपालिका–१२ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।...

एमालेको प्रचारप्रसार गर्न ज्योति मगर भृकुटी मण्डप पुगिन्

  दोहोरी गायिका ज्योति मगर नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डप पुगेकी छन् । मंगलबार...