कोही नभएको समयमा महिलामाथि जबरजस्ती गर्ने पक्राउ !



हाम्रो इकोनोमि

 

वीरगंज महानगरपालिका– ८ बस्ने १९ वर्षीय उत्तम गुप्तालाई चोरी गरेका सुनका गरगहना सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । गत सोमबार राति वीरगंज महानगरपालिका १५ भिष्वा बस्ने शैलकुमार सिंहको घरबाट सुनको झुमका एक जोर, कानमा लगाउने सुनको टप एक जोर, सुनको औंठी एक थान, घडी एक थान, मोबाईल एक थान चोरी भएको घटनामा संलग्न अभियुक्तको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका–८ ब्रहम चोकस्थित सडकमा गुप्तालाई चोरी भएका उक्त सुनका गरगहना सहित फेला पारी पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यस्तै, खड्क नगरपालिका–१० ईनर्वाफुलबडिया बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने ४२ वर्षीय लाल मोहमद मियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

 

सोही स्थानमा रहेको फुलेश्वर इँटाभट्टाको कम्पाउण्डभित्र कोही नभएको अवस्थामा गत बैशाख ६ गते मियाले ती महिलालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले मियालाई पक्राउ गरेको हो । यी दुई घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...