ट्विंकल खन्ना बारे मोदीले यसो भने, बोल्नै सकेनन् अक्षय



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री नरेन्द्र मोदीसँग बलिउड अभिनेता अक्षय कुमारले  एक घण्टा लामो अन्तरवार्ता लिएका छन् ।

उक्त अन्तरवार्तामा मोदीका नीजि जीवन बारे कुराकानी गरिएको छ ।

अन्तरवार्तामा मोदीले विभिन्न रोचक किस्सा सार्वजनिक गरेका छन् ।

अन्तरवार्ताको क्रममा सोधिएको एक प्रश्नको जवाफमा मोदीले ट्वीटरमा ट्विंकल खन्नाको पोष्ट हेर्ने गरेको जानकारी दिँदै भनेका छन्ः

‘म सोसल मिडिया पक्कै पनि हेरिरहन्छु । यसमार्फत् बाहिर के चलिरहेको छ, त्यसबारे मलाई थाहा हुन्छ ।

म तपाईंको र ट्विंकल खन्ना जीको पनि ट्वीटर हेर्छु । र कहिलेकाँही यस्तो लाग्छ कि उनले ममाथि जति रिस पोख्छिन्, त्यो हेर्दा यस्तो लाग्छ कि तपाईंको परिवारिक जीवनमा निकै शान्ति छ होला ।

उनको सबै रिस ममाथि नै पोखिने भएकाले तपाईंलाई आराम र शान्ति मिल्छ होला ।’

Embedded video

मोदीले जब ट्विंकल खन्नाबारे बोलिरहेका थिए, त्यतिबेला अक्षय कुमारले केही पनि बोलेनन् । उनी हाँसीमात्र रहे ।

टिवंकल धेरैजसो सोसल मिडियामा सरकारको आलोचना गर्दै पोष्ट गरिरहन्छिन् । एक पटक ट्विंकलले ‘अच्छे दिन’ माथि एक आर्टिकल शेयर गर्दै लेखेकी थिइन्, ‘अच्छे दिनको नाममा हामी हरेक दिन भारतीय मूर्ख दिवस मनाउँछौं ।’

 

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...