ट्विंकल खन्ना बारे मोदीले यसो भने, बोल्नै सकेनन् अक्षय



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री नरेन्द्र मोदीसँग बलिउड अभिनेता अक्षय कुमारले  एक घण्टा लामो अन्तरवार्ता लिएका छन् ।

उक्त अन्तरवार्तामा मोदीका नीजि जीवन बारे कुराकानी गरिएको छ ।

अन्तरवार्तामा मोदीले विभिन्न रोचक किस्सा सार्वजनिक गरेका छन् ।

अन्तरवार्ताको क्रममा सोधिएको एक प्रश्नको जवाफमा मोदीले ट्वीटरमा ट्विंकल खन्नाको पोष्ट हेर्ने गरेको जानकारी दिँदै भनेका छन्ः

‘म सोसल मिडिया पक्कै पनि हेरिरहन्छु । यसमार्फत् बाहिर के चलिरहेको छ, त्यसबारे मलाई थाहा हुन्छ ।

म तपाईंको र ट्विंकल खन्ना जीको पनि ट्वीटर हेर्छु । र कहिलेकाँही यस्तो लाग्छ कि उनले ममाथि जति रिस पोख्छिन्, त्यो हेर्दा यस्तो लाग्छ कि तपाईंको परिवारिक जीवनमा निकै शान्ति छ होला ।

उनको सबै रिस ममाथि नै पोखिने भएकाले तपाईंलाई आराम र शान्ति मिल्छ होला ।’

Embedded video

मोदीले जब ट्विंकल खन्नाबारे बोलिरहेका थिए, त्यतिबेला अक्षय कुमारले केही पनि बोलेनन् । उनी हाँसीमात्र रहे ।

टिवंकल धेरैजसो सोसल मिडियामा सरकारको आलोचना गर्दै पोष्ट गरिरहन्छिन् । एक पटक ट्विंकलले ‘अच्छे दिन’ माथि एक आर्टिकल शेयर गर्दै लेखेकी थिइन्, ‘अच्छे दिनको नाममा हामी हरेक दिन भारतीय मूर्ख दिवस मनाउँछौं ।’

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...