नेपालकी अदिती बुढाथोकीको ग्ल्यामरले दुनियाँमै धमाका [फोटोफिचर]



हाम्रो इकोनोमि

 

ग्ल्यामर क्षेत्रमा धमाका मच्चाइरहेकी अदिती बुढाथोकीले मिडियामापनि उत्तिकै हंगामा मच्याएकी छन् । मिडियाले उनलाई रहस्यमयी पात्र बनाएको छ । पछिल्लो समय युट्युबलगायत सामाजिक सञ्जालमा अभिनेतृ अदितीलाई खोजियो भने उनको ‘निजी कुरा’देखि ‘लाइफस्टाइल’सम्मका अनेक मसालेदार सामग्री फेला पर्छन् । तीमध्ये कतिपय सामग्री त अतिरञ्जितसमेत छन् । अतिरञ्जनाको यो चक्करमा भारतीय मिडियासमेत फसेका छन् । भारतीय मिडिया लेख्छन्, ‘सनी लियोनीजस्ती बोल्ड एक्ट्रेसलाई पनि मात दिइरहेकी छन्, यी नेपालकी हिरोइन ।

 

भर्चुअल संसारले आफूलाई कुनैबेलाकी पोर्न स्टारसँग दाँज्न थालेपछि ‘मिस्ट्री गर्ल’ अदितीले मुख खोल्नैपर्‍यो, ‘सनी लियोनीसँग तुलना गरेकामा म दुःखी छु ।’ सनी पोर्न उद्योगबाट बलिउडमा अवतरण गरेकी हुन् । अदितीको पृष्ठभूमि एकदम भिन्न छ । उनी मोडलिङ हुँदै रजतपटमा पदार्पण भएकी हुन् ।

 

पछिल्लो पटक अदितीको चर्चाको सन्दर्भ बेग्लै छ । उनको पहिलो फिल्म ‘कृ’ माघ अन्तिम साता प्रदर्शनमा आउँदैछ, जसमा उनले अनमोल केसीसँग स्किन सेयर गरेकी छन् । यही कारण फिल्म रिलिजअघि नै अदितीले ‘नेम र फेम’ पाइसकेकी छन् ।

 

फिल्म उद्योगमा आफ्नै ‘स्टारडम’ भएका चकलेटी हिरो अनमोलसँगको अनस्क्रिन रोमान्सलाई लिएर अदितीको चर्चा हुने नै भयो । त्यसबाहेक उनी त्यो रिक्त स्थानमा छिन्, जहाँ नेपाली हिरोइनहरुको उपस्थिति छैन । पछिल्लो छिमलमा खोजिने ‘ग्ल्यामर हिरोइन’मा अदिती फिट छिन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...