दुई छोरीका पिता रामपालले प्रेमिका गर्भवती भएपछि यसरी साटे खुसी



हाम्रो इकोनोमि

 

बलिउड नायक अर्जुन रामपालकी प्रेमिका गर्भवती छिन् ।

 

प्रेमिका ग्याब्रिएला डेमेत्रियाड्स गर्भवती भएको कुरा अर्जुन रामपालले इन्स्टाग्राममार्फत् जानकारी दिएका छन् ।

उनले इन्स्टाग्राममा लेखेका छन्, ‘तिमीलाई आफ्नो जीवनमा पाउँदा र नयाँ सुरुवातका लागि धन्य छु । यो बेबीका लागि धन्यवाद बेबी ।’

 

उक्त फोटोमा ग्याब्रिएलालाई भुँइमा बसिरहेको देख्न सकिन्छ । यसमा उनी गर्भवती भएको स्पष्ट देख्न सकिन्छ ।

यस्तै, अर्जुन रामपाल सोफामा बसेर प्रेमिकाको अगाडि झुकिरहेका छन् ।

 

अर्जुन रामपालले पूर्वमिस वल्र्ड तथा भारतिय सुपर मोडल मेहर जेसियासंग २० वर्षे लामो वैवाहिक सम्बन्ध अन्त्य गरेका थिए । उनका पुर्वपत्नीबाट दुई छोरी छन् ।

 

अर्जुनले मात्र नभई ग्याब्रिएलाले पनि आफू गर्भवती भएको सार्वजनिक गर्न त्यही फोटो पोष्ट गरेकी छिन् । उनले लेखेकी छिन्, ‘तिमीहरु दुईजनासँग निकै आभारी छु । तिमीलाई भेट्न निकै आतुर पनि…’

 

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...