दुई छोरीका पिता रामपालले प्रेमिका गर्भवती भएपछि यसरी साटे खुसी



हाम्रो इकोनोमि

 

बलिउड नायक अर्जुन रामपालकी प्रेमिका गर्भवती छिन् ।

 

प्रेमिका ग्याब्रिएला डेमेत्रियाड्स गर्भवती भएको कुरा अर्जुन रामपालले इन्स्टाग्राममार्फत् जानकारी दिएका छन् ।

उनले इन्स्टाग्राममा लेखेका छन्, ‘तिमीलाई आफ्नो जीवनमा पाउँदा र नयाँ सुरुवातका लागि धन्य छु । यो बेबीका लागि धन्यवाद बेबी ।’

 

उक्त फोटोमा ग्याब्रिएलालाई भुँइमा बसिरहेको देख्न सकिन्छ । यसमा उनी गर्भवती भएको स्पष्ट देख्न सकिन्छ ।

यस्तै, अर्जुन रामपाल सोफामा बसेर प्रेमिकाको अगाडि झुकिरहेका छन् ।

 

अर्जुन रामपालले पूर्वमिस वल्र्ड तथा भारतिय सुपर मोडल मेहर जेसियासंग २० वर्षे लामो वैवाहिक सम्बन्ध अन्त्य गरेका थिए । उनका पुर्वपत्नीबाट दुई छोरी छन् ।

 

अर्जुनले मात्र नभई ग्याब्रिएलाले पनि आफू गर्भवती भएको सार्वजनिक गर्न त्यही फोटो पोष्ट गरेकी छिन् । उनले लेखेकी छिन्, ‘तिमीहरु दुईजनासँग निकै आभारी छु । तिमीलाई भेट्न निकै आतुर पनि…’

 

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...