कान्छी खेलाउने पतिको लिंग जेठी पत्नीले पारिन हसिँयाले चैट



हाम्रो इकोनोमि

 

श्रीमती हुँदाहुँदै कतै तपाई बाहिर बरालिइरहनुभएको वा कान्छी भित्र्याएर पौरख गरेको सोच्दै हुनुहुन्छ भने होसियार रहनुहोस–बहुविवाह वा परस्त्री गमनको आरोप मात्र आउने होइन, अर्कै ठूलो बित्यास पनि पर्न सक्छ ।

मुलुकमा नयाँ प्रधानमन्त्री ल्याउने राजनीतिक रस्साकस्सी चलिरहेकै बेला यी सबबाट बेखबर तर दुई युवतीको साथमा रहने एक पुरुष ठूलो फसादमा परेका छन् ।

हाल काठमाडौंको शंखरापुर बस्ने सिन्धुपाल्चोक मेलम्ची गाविस–७ का बासिन्दा एक बैंशालु पुरुष र दुई युवतीको कहानी हो ।

शारीरिक श्रम गरेर जीवन निर्वाह गर्ने २९ वर्षे कान्छामान तामाङपहिले नै विवाहित थिए ।

सुन्दर र मायालु जेठी श्रीमती हुँदाहुँदै काठमाडौं भित्रिएपछि अर्को २० वर्षे युवतीमाथि पनि आँखा लगाए ।

शारीरिक श्रम गरेर जीवन गुजारा गर्नुपर्ने तर धेरै महत्वाकांक्षा नभएका कान्छामानले एउटै कोठामा बस्ने भएपनि दुईवटी युवतीलाई श्रीमतीको रुपमा राख्ने दुस्साहस गरे । सुरुमा त दुवैका चाहना र मन मिलाएरै लगे ।

तर १७ गते ख्यालख्यालमै दुर्दिन बन्यो । दिउँसै मदिरा सेवन गरेका कान्छामान त्यसदिन अपराह्न ३ बजेतिर दुईवटै श्रीमतीसँग जिस्किएर कोठामा बसिरहेका थिए ।

यत्तिकैमा कान्छीलाई अँगाले । बाहिर रहेकी जेठी भित्र पसिन् ।

कान्छीसँग ओछ्यानमै रमाउन लागेको देखेपछि गाली गर्दै भनिन, ‘काममा जानु छैन, जतिबेला पनि रक्सी खायो, दिउँसै यस्तो के गर्न लागेको ?’कान्छामानले फकाउने शैलीमा भने धेरै नकरा न, तेरो पनि पालो आउँछ ।

एकातिर कान्छी ल्याएको, अर्कातर्फ काममा जान छाडेर दिउँसै मापसे गरी कान्छीसँग रतिक्रिडामा लीन हुन लागेको देखेपछि जेठीको दिमाग रन्कनु अस्वभाविक थिएन ।

उनले झम्टिएर बर्को ओढी कान्छीसँग सुतिरहेका पतिले ओढ्ने तानिन् । कान्छी रातो मुख लगाउँदै निस्किइन् ।

तर, अर्धनग्न अवस्थामा रहेका कान्छामानले आफूलाई सम्हालेनन् । बरु मौन रहेर जेठीलाई रिसाएको आँखाले हेरे ।

पति र सौताको व्यवहारबाट हैरान भएकी जेठी झन् रिसाइन् । उनले कान्छी ल्याएपछि आफूसँग भएका व्यवहार सम्झिइन् ।

कान्छीसँगै बढी रत्तिन थालेपछि आफ्ना स्वाभाविक इच्छा मार्न बाध्य भएको पनि समिझइन् र कोठाबाहिर उभिरहेकी कान्छीतिर हेरिन् ।

त्यसपछि गाउँबाट ल्याएको हँसिया उठाउँदै भनिन, ‘मलाई पनि नहुने, तँलाई पनि नहुने, लु जा भनेर कान्छामानको संवेदनशील अंग काट्न थालिन् ।

त्यतिबेलासम्म रक्सीको नसामा ल, बेपर्वाह, अर्धनग्न कान्छामानले आफूलाई सम्हाल्नै पाएनन् ।कान्छामानले ‘ऐया, मलाई मारी’ भनेर चिच्याउन थालेपछि कान्छी हतारिँदै आइन् ।

जेठीले संवेशनशील अंगको माथिललो भाग आधाजति रेटिसकेकी थिइन् । कान्छी र श्रीमान चिच्याउन थालेपछि जेठी सम्हालिन् ।

रगतले ओछ्यान भिज्यो र कान्छामान पीडाले बोल्नै नसक्ने भए ।

प्रतिक्रिया दिनुहोस
युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...