बस दुर्घटनामा ज्यान गुमाउने ५ जनाको परिचय खुल्यो ! (नामसहित)



हाम्रो इकोनोमि

 

आज बिहानै भएको बस दुर्घटनामा ५ जनाको ज्यान गएको छ । डडेल्धुरामा आज विहान भएको बस दुर्घटनामा ५ जनाको ज्यान गएको हो ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार दुर्घटनामा परी अन्दाजी बर्ष ४० का धनबहादुर घर्ती, र वर्ष २५ का नरेन्द्र गुरुधामी अनी विहार भारतका मोहमद नासिरको मृत्यु भएको जनाइएको छ ।

धन बहादुर र नगेन्द्र बझाङ जिल्लाका स्थानीय हुन् ।

त्यस्तै ज्यान गुमाउने दुई महिलाहरुमा बझाङ्गकै केदारस्युँ गाउँपालिकाकी अन्दाजी वर्ष ५५ की कल्सीदेवी बोहरा र सोही गाउँपालिकाकी अन्दाजी ३५ वर्षीया हरुली बोहरा रहेकी छन् ।

गम्भीर घाईते बझाङ्ग मस्टा गाउँपलिकाका विनोद थापा, भारत विहारका मनासिर, कैलालीको गोदावारी १० का रेशम चौधरी, बझाङ्गको थलारा गाउँपालिकाका धनबहादुर चौहानलाई थप उपचारका लागि धनगढी पठाइएको प्रमुख जिल्ला अधिकारी जोशीले जानकारी दिनुभयो ।

बस सडकबाट झण्डै २ सय मिटर तल खसेको थियो ।

प्रतिक्रिया दिनुहोस
युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड नबिल बैंकलाई

     नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन...

मिराज ढुंगाना समूहले गर्‍यो ‘संयुक्त जेन-जी’ आन्दोलनको घोषणा

    मिराज ढुंगाना नेतृत्वको जेन-जी समूहले भोलिदेखि देशव्यापी ‘संयुक्त जेन-जी’ आन्दोलन घोषणा...

जेनजी फ्रन्टले बनायो सल्लाहकार परिषद्

    रक्षा बम नेतृत्वको जेनजी फ्रन्टले सल्लाहकार परिषद् गठन गरेको छ ।...

राष्ट्रपतिबाट संसद पुनर्स्थापनाको घोषणा गर्नुपर्छ : महेश बर्तौला

    विघटित प्रतिनिधि सभामा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक कमजोरी...