कांग्रेसका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएको छ । ताम्राकारको निधनसँगै नेपाली कांग्रेसको जागरण अभियानको मिति पर सारिएको छ ।

कांग्रेसले यही वैशाख ११ गतेदेखि देशभर जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, पूर्वमन्त्रीसमेत रहेका ताम्राकारको निधनका कारण जागरण अभियान दुई हप्ता पछि सारिएको छ ।

 

वैशाख ११ गतेदेखि सुरु गर्ने भनिएको जागरण अभियानलाई वैशाख २५ गते सारेका छौं,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

जागरण अभियानका लागि कांग्रेसले नेताहरुलाई ७७ वटै जिल्लामा खटाइसकेको छ ।

को हुन् ताम्राकार ?

रुपन्देहीको सिद्धार्थ नगरपालिका भैरहवा निवासी ताम्राकार २०४८ र २०५६ मा रुपन्देही क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । गिरिजाप्रसाद कोइराला निकट मानिने ताम्राकार कांग्रेसको केन्द्रीय कोषाध्यक्ष बनेका थिए ।

ताम्राकार विभिन्न समयमा स्वास्थ्य मन्त्री र उद्योग वाणिज्य मन्त्रीसमेत बनेका थिए ।

विगत दुई वर्षदेखि क्यान्सर रोगको उपचार गराउँदै आएका ताम्राकार पछिल्लो समय निमोनियाबाट पीडित थिए । चैत अन्तिम सातादेखि ललितपुरको अल्का अस्पतालमा आईसीयूमा भर्ना गरेर उनको उपचार हुँदै आएको थियो । उपचारको क्रममा मंगलबार दिउँसो ३ बजे उनको निधन भएको नेपाली कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...