ललितपुरमा श्रीमतीको टाउको छिनाएर श्रीमान हातमा बोकेर कुदे…. (हेर्नुहोस पुरा बिबरण)



हाम्रो इकोनोमि

 

ललितपुरको इट्टा भट्टामा काम गर्ने एक युवकले आफ्नै श्रीमतीलाई धारिलो हरियार प्रहार गरेका छन्।

ललितपुरको गोदावरी नगरपालिका-१ बिशंखुनारायणको इँटा भट्टामा काम गर्ने ४२ वर्षीया जयबहादुर वाइवाले ४१ वर्षीया श्रीमती सुनमाया वाइवालाई खुर्पाले हानेर हत्या गरेका हुन।

सिन्धुली घर भइ हाल ललितपुरको इँटा भट्टामा काम गर्दै आएका वाइवाले मंगलबार बिहान श्रीमतीलाई धारिलो हतियार प्रहार गरेर भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताइएको छ।

जेठी श्रीमती पोइल गएपछि वाइवाले कान्छी श्रीमती सुनामायालाई भित्र्याएको र सँगै भट्टमा काम गर्दै आएका उनीहरु बीच सामान्य मनमुटाव हुँदा धारिलो हरियार प्रयोग भएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी गौतम मिश्रले जानकरी दिए।

उनका अनुसार घटना करिब मंगलबार बिहान ५:३० बजे हो भने घटनापछि त्यहाँबाट फरार भएका वाइवालाई घर छेउको खोल्सामा भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो। श्रीमतीको घाँटीमा खुर्पाले हानेर छिनाएका वाइवालाई श्रीमतीको टाउको हातमा लिएर हिँडेको अवस्थामा पक्राउ गरेको बताइएको छ । मृतक सुनमायाका दुईजना सन्तान समेत रहेका छन्।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...