मनिषा कोइरालाको विगत र अहिले २४ तस्बिर सहित
नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा वीपी कोइरालाकी नातिनी एवं चर्चित बलिउड अभिनेतृ मनिषा कोइराला आजकल सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छिन् । क्यान्सर रोगबाट पिडित भइकन पनि नयाँ जीवनलाई सार्थक पार्ने मध्येमा मनिषा प्रेरक छिन् । क्यान्सर पछि उनको जीवनमा के परिवर्तन आयो?
नेपाली समाज र राजनीति बारे उनको बुझाइ के छ? उनी भन्छिन्, “क्यान्सर वास्तवमा मेरा लागि विशाल उपहार बनेर आयो । म आफ्नो जीवनको त्यो समयसम्म अन्जानमा रहें जब क्यान्सरले पहिलोपटक मलाई आक्रमण गर्यो । यो निकै पीडादायी थियो। तर वितेको समयअनुसार मलाई यसरी हल्लायो कि मैले मृत्युको नजिक पुगेको महसुस गरे। पहिलोपटक मृत्युको त्रास थाहा पाएँ ।”
बाँकी तस्बिर तल छ
मनिषा के भन्छिन् ?
विगतको पलहरुको सम्झना छैन् । वास्तवमा म अहिलको विताइरहेको जीवनको ख्याल गर्छु । यसले मलाई सार्थक रुपमा जीउनका लागि सिकाएको छ। मेरो विगत महत्वपूर्ण छ तर, वर्तमान निकै मूल्यवान भएको छ । मैले आवाज र भीडको मजा लिएको छैन् जुन मैले अतितमा गरेको थिए । साथी छान्दा म सजग छु । पछिल्लो केही वर्षमा यति धेरै कुराहरु बदलिए । बाहिर टहलिनका लागि मेरा थुप्रै साथी हुन्थे । अहिले सीमित साथी छन् । म अतितसँग भन्दा परिवार र मित्रसँग निकट छु ।
म फिल्म उद्योगमा सफल त भए तर जब म यो उद्योगमा लागे, मलाई विश्वास थिएन कि म वास्तवमा यसलाई ठूलो बनाउन सफल हुनेछु। म परिवारका अन्य सदस्यहरु जस्तै राजनीतिमा लागिन किनकि म विद्रोही थिए। अझै पनि छु। मेरो परिवारभित्र राजनीतिक गन्ध देखेर मैले नेपाल छोडें। म राजनीतिक रुपमा उपयुक्त व्यक्ति होइन्। मसँग राजनीतिक मन र स्वभाव छैन ।
मैले अरुको मृत्युको बारेमा सुनेको थिए। मृत्यु देखेकी थिए, तर जब मैले आफै मृत्युसँग सामना गर्नुपर्यो तब मेरो मनमा प्रश्न उठ्न थाले । पहिलो कुरा मैले जिन्दगी त पाए तर अस्वस्थकर जीवनशैली किन अपनाए भन्ने प्रश्न उठ्यो। एकपटक क्यान्सर हुँदा मलाई महसुस भयो कि अस्वस्थकर जीवनशैलीले शरीरलाई पु¥याएको क्षति सन्तुलनमा ल्याउन मैलै कति खर्च गर्नुपर्यो । त्रास र पिडा म भित्रको यथार्थ थियो ।
दोस्रो कुरा मैले सोचे की जीवन निकै मूल्यवान छ र यति मूल्यवान छ कि मैले के गरे? के मूल्यवान जीवन मेरा लागि सुखद थियो? क्यान्सरभन्दा पहिला १० देखि १५ वर्षसम्म म अलिअलि डिप्रेशनमा थिए। म दुःखी थिए। मैले जीवनको हरेक पलको आनन्द लिन सकिरहेको थिइन्। तब मलाई महसुस हुन सुरु भयो कि जीवनमा निकै कम समस्याले ग्रसित भएकी थिए। मैले ती समस्या ठूलो ठाने। हामी पीडादायी यादहरुलाई अतिरञ्जित गर्छौ। नकारात्मक पक्षलाई कोट्याउँछौं, शायद क्यान्सर हुनुभन्दा पहिला मैले पनि यस्तो गरेकी थिए। क्यान्सरपछि मैले सकारात्मक पक्षलाई अँगाल्ने एक सचेत निर्णयमा पुगे।
मलाई दयाको पात्र बन्दा घृणा लाग्छ किनकी म सधै एक लडाकु, विजेता र हासिलकर्ताको रुपमा रहें ।
आज पनि मेरो जीवनमा पीडा छ। म अहिलेपनि रोइरहेकी छु। म मा अझैपनि चिन्ताहरु र दुःखद क्षण बाँकी छन् तर यी कुरामा म लामो समयसम्म डुबिरहेको छैन्। क्यान्सरको उपचारपछि मेरो जीवनमा धेरै कुरा परिवर्तन भएको छ। मैले जीवन र स्वास्थ्यको महत्वको सुरुवात गरेकी छु। मेरो दृष्टिकोण निकै सकारात्मक बन्दै गएको छ र विगतप्रति पश्चताप गरिरहेकी छु। म जीवनका ससाना अलमल्याउने कुरामा ध्यान दिन्न ।
जीवनसँग खेलवाडः
यो एक मानवीय प्रवृति हो जब तपाई कुनै कुरा सजिलैसँग पाउनुहुन्छ त्यसलाई महत्व दिनुहुन्न्। हामीहरु ठाउँ त पाउँछौं। यस्तो मेरो जीवन र करियरमा पनि भयो। यस्तो थिएन कि मैले कडा मेहेनत गरिन । तर जुन प्रकारले मैले स्टारडम हासिल गरे, त्यो त्यति रोमाञ्चक सुरुवात थिएन्। मैले सबै कुरा पाए र दिए। यो मेरो जीवन र करियर जाँच्ने गलत तरिका थियो। हाम्रो जीवनको हरेक पल मूल्यवान छ। अभिभावकसँग हाम्रो सम्बन्धलाई महत्व दिँदै यसलाई विकास गर्नुपर्छ। हामीलाई जीवनप्रति उच्च सम्मानको आवश्यकता छ।
भनिएको छ कि मानिसले योजना बुन्छ तर भगवानले षडयन्त्र गर्छ (हाँस्दै…)। यसकारण मसँग निश्चित योजना छैन। तर म आफ्ना साथी र परिवारसँग मिलेर आफूले आफैलाई सुधार्नमा ध्यान केन्द्रीत गर्नेछु। म रचनात्मक कार्यमा आफूलाई समावेश गराउन चाहन्छु।
कुनै समय मैले डर (त्रास), मृत्यु र अध्यात्म बारे धेरै पढें । मैले मृत्युको डरलाई प्रत्यक्ष अनुभव गरिसके र मलाई आफैदेखि आफैसँग डर लाग्थ्यो। मलाई दयाको पात्र बन्दा घृणा लाग्छ किनकी म सधै एक लडाकु, विजेता र हासिलकर्ताको रुपमा रहें । डरको त्यो स्थानमा पुग्नु वास्तवमा मेरा लागि सहज थिएन्। यदि भोलि मेरो ढोकामा मृत्यु ढकढक्याइरहेको छ भने, म तयार रहनुपर्छ र मैले हाँसीखुशी स्वीकार गर्नुपर्छ। यसकारण मैले यी विषयहरुसँग सम्बन्धीत जुन सामग्री उपलब्ध थिए पढ्न सुरु गरे। म खासगरी जीवन र मृत्युसँग सम्बन्धित पुस्तक पढ्छु। म ती लेखहरु पढिरहेको छु जुन जीवन र मृत्युबारे लेखिएका छन्। म मृत्युको डर जित्नका लागि पढिरहेकी छु ।
अब यो चरण सकिसकेको छ र मैले आत्म सुधार, उपचार, मन शरीर र आत्माको अध्ययनबारे निकै धेरै सामग्री पढिरहेकी छु। मैले एक पुस्तक लेखेकी छु जो यस वर्षको अप्रिल वा मे मा सार्वजनिक हुनेछ। यो मुलरुपमा क्यान्सरसँग सामना गर्दाको मेरो अनुभव हो। क्यान्सर लागेका व्यक्तिको अस्तित्वका लागि यो स्थिति र संर्घषबाट मुक्ति पाउने प्रयास गरिरहेका छन्।
अन्य दुई पुस्तक निकाल्ने अर्को योजना पनि छ । तर पहिलो पुस्तक सार्वजनिक भएपछि म ती पुस्तकको तयारी सुरु गर्नेछु। म नेपाली गीत निकै सुन्छु। एक समय थियो जब मैले नारायण गोपालका धेरै गीत सुनेको थिए। आजभोलि म कुनै पनि गीत, खासगरी नेपाली आधुनिक गीत सुन्छु। मैले कैयौ नेपाली किताब पढेको छैन्।
मैले आवाज र भीडको मजा लिएको छैन् जुन मैले अतितमा गरेको थिए। साथी छान्दा म सजग छु । पछिल्लो केही वर्षमा यति धेरै कुराहरु बदलिए। बाहिर टहलिनका लागि मेरा थुप्रै साथी हुन्थे । अहिले सीमित साथी छन् । म अतितसँग भन्दा परिवार र मित्रसँग निकट छु ।
सार्वजनिक व्यक्तित्व र वर्तमान जीवन संघर्षः
यो मेरो काम र कर्तव्य हो कि सम्भव भएसम्म मैले त्यो व्यक्तित्वलाई आधिकारिक मान्नुपर्छ। मैले ४५ वर्ष पार गरे, समय तीव्र गतिमा बदलिरहेको छ र धेरै कुरा भइरहेका छन् । मैलै आफूलाई व्यस्त राख्नुपर्ने (इंगेज) गर्नुपर्ने आवश्यकता छ। दर्शक र शुभचिन्तकसँग रहन मैले फेसबुक र ट्वीटर सुरु गरेकी छु। मलाई लाग्छ कि मैले हरसमय काम गर्नुछ ताकि म मानिसहरुसँग सम्पर्कमा रहिरहुँ । म एक्लो रहन सक्दिन्। तर म कुनै यस्तो चित्रण गर्न चाँहदिन जुन मेरो लागि सत्य होइन्।
योभन्दा पहिला म धेरै कुरा जान्दैनथे कि मेरो वरीपरी के भइरहेको थियो। अब म सामाजिक र राजनीतिक घटनाको बारेमा थोरै तर उच्च सतर्क छु। मलाई लाग्छ कि हरेक कुराले महत्व राख्छ र प्रभाव पार्छ। मेरो सीमा साँघुरो थियो तर अब धेरै फराकिलो भइसकेको छ। म नेपाल र विश्वमा के भइरहेको छ यसको बारेमा चासो राख्छु।
राजनितिका बारेमा के भन्छिन् मनिषाः
मलाई लाग्छ म राजनीतिका लागि उपयुक्त छैन्। वास्तवमा म परिवारभित्र आन्तरिक राजनीतिबाट बच्नका लागि सहि काम गरिरहेकी छु। मैले यसलाई नजिकबाट देखें र यो कसरी चलिरहेको भन्ने कुराबाट सन्तुष्टि थिएन। अर्काे कुरा म फिल्म उद्योगमा सफल त भए तर जब म यो उद्योगमा लागे, मलाई विश्वास थिएन कि म वास्तवमा यसलाई ठूलो बनाउन सफल हुनेछु। म परिवारका अन्य सदस्यहरु जस्तै राजनीतिमा लागिन किनकि म विद्रोही थिए। अझै पनि छु।
मेरो परिवारभित्र राजनीतिक गन्ध देखेर मैले नेपाल छोडें। म राजनीतिक रुपमा उपयुक्त व्यक्ति होइन्। मसँग राजनीतिक मन र स्वभाव छैन। यद्यपी म पूर्णरुपमा राजनीतिमा जाने सम्भावना छैन भन्दिन। म विवेकशील साझा पार्टीका केही युवा नेताबाट प्रभावित छु। उनीहरुले गरिरहेको कामले मलाई छोएको छ। उनीहरु जे विषय प्रवद्र्धन गरिरहेका छन त्यो राम्रो छ। म उनीहरुजस्तै त्यस्ता क्रियाकलापमा सक्रिय हुनसक्छु । तर मलाई लाग्दैन् कि म कट्टर राजतीतिको अंश बन्न सक्छु।
चुनावी अभियानका बारेमा मनिषाः
मैले त्यो सानुबुवा (गिरिजाप्रसाद कोइराला) का लागि गरेको हुँ। उहाँले जित्नुभयो र देशमा एउटा आशा र उत्साह थियो कि हामी एक स्थिर सरकार बनाउँदैछौं। तर लगत्तै उहाँलाई सत्ताबाट बाहिर निकाल्न षडयन्त्र सुरु भयो। आज पनि म हेरिरहेकी छु, राजनीतिक दलहरुको ध्यान सरकार बनाउने र ढाल्नेमै केन्द्रीत छ। हामीले भर्खरै निर्वाचन सम्पन्न गरेका छौं र एउटा पार्टी सबैभन्दा ठूलो शक्तिका रुपमा उभिएको छ। यसले सरकारको नेतृत्व गर्नुपर्छ, अन्य पार्टीहरु विपक्षीमा बस्नुपर्छ र चेतावनी दिने र सरकारलाई जवाफदेही बनाउनुपर्छ।
तर मैले विजेता पार्टीलाई सरकार बनाउन दिनुहुन्न भन्ने व्यक्तिहरुको बारेमा कुरा गरिरहेकी छु। मेरो नजरमा आज पनि नेपाली राजनीतिको मौलिक विशेषतामा परिवर्तन आएको छैन्। यो कुनैपनि हालतमा सत्तामै चिप्किरहने विषयमै अझैपनि अल्झिएको छ। यद्यपी जनताको जनादेशले कुनै असर नगरोस । यसलाई बदल्नुपर्ने आवश्यकता छ।
हाम्रा नेताले पहिला देशको बारेमा सोच्न जरुरी छ। धेरै मानिसहरुले ‘अमेरिका पहिलो’ नीतिको पक्षमा रहेका डोनाल्ड ट्रम्पको आलोचना गर्छन्। तर मलाई लाग्छ कि उनी प्रत्येक नेतालाई आफ्नो देशलाई पहिला अर्थात प्राथमिकतामा राख्नका लागि सन्देश दिइरहेका छन्। हाम्रा नेताहरुले भारत वा चीनलाई दोष दिनुभन्दा आफू र आफ्नो देशलाई हेर्नुपर्छ।
आगामी यात्राः
भनिएको छ कि मानिसले योजना बुन्छ तर भगवानले षडयन्त्र गर्छ (हाँस्दै…)। यसकारण मसँग निश्चित योजना छैन। तर म आफ्ना साथी र परिवारसँग मिलेर आफूले आफैलाई सुधार्नमा ध्यान केन्द्रीत गर्नेछु। म रचनात्मक कार्यमा आफूलाई समावेश गराउन चाहन्छु। म यस्तो केही गर्नसकुँ जसले समाजमा योगदान दिओस्। मैले सोचेको छैन यस्तो गर्दा के होला। म यात्रा गरिरहेकी छु र केही परियोजनामा काम गरिरहेकी छु । मेरा अभिभावक यहाँ छन् । म अब साधारणतया काठमाडौंमै बस्छु।
क्यान्सरका बारेमा के भन्छिन् त मनिषाः
अभिनेत्री मनिषा कोइरालाले आत्मबल बढाउन सके क्यान्सर लागे पनि रोगलाई जित्न सकिने बताएकी छन् । पाँच वर्षअघि डिम्बासयको क्यान्सरको अन्तिम चरण (चौथो चरण)मा पुगेर पनि क्यान्सरलाई जित्न सकेकी अभिनेत्री कोइरालाले भनिन्, ‘क्यान्सर लाग्यो भनेर हरेस खान हुँदैन ।’
उनले जनचेतनामूलक अन्र्तकृयामा अभिनेत्री कोइरालाले सन्तुलित आहार, सरल र सुखी जीवनशैली, नियमित योगाभ्यास र सकारात्मक सोचले क्यान्सर लागेका बिरामीको आयु बढाउने बताइन् ।
क्यान्सर रोगको नामै सुन्दा डर लाग्ने, जटिल रोग, यसको पीडा, त्यसपछिका भोगाईले बिरामीलाई स्वाभाविकरुपमा चिन्तित बनाउने बताउादै उनले भनिन्, ‘यसमा परिवार र समाजले पनि हौसला र सहयोग गर्नु जरुरी छ ।’ हिन्दी फिल्म खेल्ने तयारीमा रहेकी कोइराला अहिले विभिन्न ठाउामा गएर क्यान्सरबारे जनचेतना फैलाउादै आएकी छन् । उनी संयुक्त राष्ट्रसंघीय खाद्य, जनसंख्या तथा कृषि कार्यक्रम युएनएफपिएको सद्भावना दूत पनि हुन् ।
अन्र्तकृयामा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले क्यान्सर महंगो रोग भएकोले यसको उपचारमा आर्थिक भार धेरै लाग्ने बताए । त्यसैले आफ्नो कार्याकालयमा आफूले स्वास्थ्य विमाको नीतिका साथै सरल र सुलभ औषधि उपचारको नीति अघि सारेको उनले बताए ।
क्यान्सर केयर नेपालकी कार्यकारी सदस्य एवं वीर अस्पतालको अंकोलोजी विभागकी क्यान्सर विशेषज्ञ डा.सन्ध्या चापागाईंले डिम्वाशय र डिम्वनलीको क्यान्सरका कारण विश्वमा मर्ने महिलाहरुको संख्या पााचौ नम्बरमा भए तापनि नेपालमा भने चौथो नम्बरमा रहेको बताइन् । ‘यस्ता रोगीलाई क्यान्सर लागेको पहिलोचरणमै उपचार गर्नसके ९० प्रतिशत र चौथो चरणमा पुगेको बेलामा उपचार गरे १७ प्रतिशतमात्रै बाँच्छन्,’उनले भनिन् ।