नेपालकी सर्वाधिक महंगी नायिका पुजा, हेरौँ २१ तस्बिर



 

अभिनेत्री पुजा शर्माको स्टारडम कति छ ? उनकै कारण चलचित्र चल्ने सम्भावना छ त ? यसअघिका चलचित्र उनकै कारण चलेका छन् त ? यि प्रश्नको उत्तर खोज्न खासै गाह्रो पर्दैन । तर, यी अभिनेत्रीले लिएको पारिश्रमिकलाई मान्ने हो भने उनि नेपालकी सर्वाधिक महंगी अभिनेत्री बनेकी छिन् ।

बाँकी तस्बिरहरु तल छन्

 

हालै मात्र उनी चलचित्र पोइ पर्यो कालेमा २० लाख रकम लिएर अनुबन्धित भएकी हुन् । उनलाई तिमी सँगका निर्देशक शिशिर राणाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको उक्त चलचित्रका लागि सो रकम दिइएको हो । चलचित्रमा आकाश श्रेष्ठ र पुजा फाइनल भएका छन् । आकाशले १८ लाखमा यो चलचित्रमा काम गर्न राजि भएका हुन् ।

 

यथार्थ के हो ?

बजारमा आफ्नो स्टारडम बढाउनका लागी पुजाले यो नाटक रचेको हल्ला फैलिएको छ । यसअघि उनले चलचित्र सम्हालिन्छ कहिले मनका लागि उनले १५ लाख रकम लिएको बताइएको थियो । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले हालै चलचित्र रातो टिका निधारमाका लागि १६ लाख रकम बुझेकी थिइन् । नेपालका महंगा अभिनेत्रीको सुचिमा नम्रता श्रेष्ठपछि साम्राज्ञी र अब पुजा शर्माको नाम अगाडी आएको छ । वास्तवमा पुजाले यो रकम लिएकै हुन् त ? त्यो उनैलाई थाहा होला अथवा सम्बन्धित चलचित्र मेकर्सलाई ।

 

यसो भन्छिन् पुजा

पुजाले लिएको पारिश्रमिकको विषयमा विभिन्न टिका–टिप्पणी भएपछि अभिनेत्री पुजा शर्माको आधिकारिक भनाईका लागी हामीले उनलाई फोन ग(र्यौ । उनले सामान्य विषयबस्तुलाई ठुलो विषय बनाएको बताइन् । उनले भनिन्, ‘नायकहरुले जति लिएपनि हुने ? त्यहि ठाउँमा अभिनेत्रीले वुझेपछि किन ठुलो विषय बनाएको ?’

 

उनले मिहेनत सवैभन्दा ठुलो कुरा भएकाले काम अनुसार पारिश्रमिक लिएको बताइन् । अहिले महंगी कति बढेको छ ? पहिरन देखी हरेक कुरा छोइन नसक्नु छ भन्ने कुरा त सबैलाई थाहा छ नी ? उनले फेरी थपिन्, ‘पारिश्रमिक कति भन्दा पनि चलचित्रमा कति खटेर काम गरिएको छ, त्यो महत्वपुर्ण विषयबस्तु हो ।’ महिनौं दिनसम्म दिनरात काम गर्दा यो रकम लिनु सामान्य रहेको पुजाको तर्क छ ।

 

पुजाका चलचित्र कति हिट ?

उनले चलचित्र अझैपनि, चंखे शखे पंखे, प्रेम गीत, मधुमास, म यस्तो गीत गाउँछु र रामकहानीमा काम गरिसकेकी छिन् । उनको नयाँ चलचित्र सम्हालिन्छ कहिले मन सार्वजनिक हुने तरखरमा छ । पुजाका अहिलेसम्मका चलचित्र हेर्ने हो भने व्लकवस्टर चलचित्रको एउटा मात्रै हो भन्न सकिन्छ, प्रेमगीत । त्यस बाहेक अझैपनि, चंखे शखे पंखे, मधुमासले पोस्टर टाँस्न खर्च हुने माडको पैसा पनि उठाउन सकेनन् । रामकहानी, म यस्तो गीत गाउँछुले ठिकठाकै नतिजा निकालेको थियो ।

 

पारिश्रमिक बढाउने भुत

सुरुमा अभिनेताहरुले आफ्नो पारिश्रमिक बढाउने होड चलाए । त्यसपछि अभिनेत्रीहरुमा यो भुत चलेको छ । आजभोली नेपालका अभिनेत्रीहरुले पनि आफ्नो पारिश्रमिक भटाभट बढाउन थालेका छन् । नेपालको चलचित्रको बजारमा यति अचाक्ली बढेका हिरो हिरोइनलाई पाल्न सक्ने खान्की छ त ? नेपाली चलचित्रका शुभचिन्तक भन्छन्, ’यो असाध्यै ठिक हैन, पारिश्रमिक वढाएर आफ्नो स्टारडम वढाउनु आत्मरतीमा रमाउनु बाहेक केहि हैन ।’

 

अहिले अनमोल केसीको ४५, प्रदीप खड्काको ४५, पल शाहको २५, विपीन कार्कीको २०, दयाहाङ राइको १५, सौगात मल्लले १० लाख पारिश्रमिक बुझ्छन् जस्ता खबर दिनदिनै मिडियामा आउने गरेका छन् । आधिकारिक उनिहरुले कति बुझ्छन् भन्ने कुरा अहिलेसम्म कसैले बोल्न सकेका छैनन् । साप्ताहिकबाट साभार

 

चलचित्र क्षेत्रमा प्रवेश गरेको केही समय बर्षसम्म पनि हिट चलचित्र नभएपछि छटपटिएकी नायिका पूजा शर्मालाई ‘प्रेमगीत’ले नयाँ परिचय दियो । यो चलचित्रबाट दर्शकको नजरमा परेकी पूजा अहिलेकी हटकेक हुन् ।

 

पूजा शर्मा भने आफूलाई ‘लक’ लागिरहेको बताउँछिन् । चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा गायन क्षेत्रमा स्टार भैसकेका सोनम तोप्देनलाई जोडीको रुपमा पाएपछि पूजा खुशी छिन् । पूजाले, सोनमलाई आफूले नै रोजेको बताइन् । उनले भनिन्–‘कुनै पनि चिज पाउनका लागि लक लाग्नपर्छ । कसैलाई जे सोच्यो त्यही पुग्छ । सायद, अहिले मलाई पनि त्यही भैरहेको छ ।’

 

उनले अगाडि भनिन्–‘मैले जे चाहेकी छु, त्यो पाएकी छु । अझै पनि धेरै कुरा पनि पाउन बाँकी छ । चलचित्र रिलिज भएपछि दर्शकको माया पाउने कुरामा पनि विश्वस्त छु ।’ यस्तै, नायक आकाश श्रेष्ठ दर्शकको डिमाण्ड र कथाको माग अनुसार फेरि पनि चलचित्रमा जोडिएको बताइन् । उनले भनिन्–‘आकाश चलचित्रमा जोडिनु कथाको डिमाण्ड पनि हो । यस्तै, दर्शकले पनि हामी दुइलाई पर्दामा आउनुपर्छ भनेका कारण पनि यो अवसर जुटेको हो ।’

 

नायिका शर्माले २० लाख पारिश्रमिक लिएको बिषयमा पत्रकारको प्रश्नमा पनि जवाफ दिएकी छिन् । उनले भनेकी छिन्–‘कथावस्तु, नाम, भूमिका मन परेको खण्डमा मिलेर काम गर्न सक्छु । अरु त के भन्नु खै ।’

‘छक्का पन्जा ३’ ब्लकबस्टर, ‘नाई नभन्नु ल ५’ हिट, ‘रामकहानी, इन्टु मिन्टु लण्डनमा र जय भोले’ले औषत व्यापार गर्नु बाहेक अरु सबै चलचित्रको व्यापार दयनिय छ ।

नेपाल बाहिर पनि माथि उल्लेखित चलचित्रकै माग बढी छ, अरुको हल्ला मात्र बढी हो । हुनत, चलचित्र क्षेत्र हल्लै हल्ला गर्ने मानिसहरुको भीड लागेको स्थान हो । जहाँ, काम भन्दा कुरा चर्का हुन्छन् ।

 

तलब धेरै, व्यापार कम

माथि उल्लेखित चलचित्रको व्यापार हेर्दा पनि भन्न सकिन्छ, हाम्रो चलचित्र बजार कतीसम्म कमजोर हालतमा छ । यहाँ, चलचित्र चल्नु भन्दा बढी चलाइन्छ । वास्तविक रुपमा कमाउनु भन्दा बढी हल्लामा कमाइन्छ । तर, त्यसले कुनै पनि खालको फाइदा चलचित्र क्षेत्रलाई गर्दैन ।

 

चलचित्र निर्माण गर्न गाह्रो, रिलिज गर्न त्यो भन्दा गाह्रो, रिलिज भैसकेपछि जति शेयर आउँछ त्यो उठाउन झनै गाह्रो । अब, कलाकारलाई चलचित्रमा खेलाउन त्यो भन्दा पनि गाह्रो । औलामा गन्दा १० जना कलाकार पनि दर्शकले राम्रोसँग चिन्न नसक्ने खालका छन् । तीनै केही चिनिएका कलाकारकै वरिपरी निर्माता घुम्नुपर्ने वाध्यता छ । नामै नसुनेका र दर्शकले नपत्याएका कलाकार लिदा समस्या नै समस्या, नाम चलेका कलाकार लिनलाई नै समस्या । चलचित्र निर्माण साच्चिकै जटिल बन्दैछ ।

 

यसमा पनि नाफा भए त ठिकै हो, घाटा भयो भने कसैले पनि सहयोग गर्नेवाला छैन । बलिउडमा चलचित्र असफल हुँदा कलाकारले पारिश्रमिक नै नलिने, निर्माताले वितरकलाई पैसा फिर्ता दिने चलन बढिरहेको छ । नेपालमा त वितरकले फिक्समा चलचित्र किन्ने प्रचलन हिन्दीलाई मात्र छ, नेपाली चलचित्र चलेपनि नचलेपनि त्यसको प्रत्यक्ष असर निर्मातालाई नै हो ।

 

अहिले कलाकारको पारिश्रमिकको खबर यसरी चुलिएको छ कि, लाग्दैछ अब एउटा चलचित्र बनाउन १ करोडमा त कसैको पनि आँखा लाग्दैन । एउटै कलाकारलाई २० देखि ५० लाखसम्म पारिश्रमिक दिनुपर्ने भएपछि सुटिङमा नजाँदै १ करोड खर्च हुने अवस्था छ ।

 

नायक अनमोल केसीको ५ लाखबाट सुरु भएको पारिश्रमिक अहिले ५० लाखको हारहारीमा पुगिसक्यो । प्रदिप खड्काले अष्ट्रेलिया जान छाडेर खेलेको ‘प्रेमगीत’ले अहिले उनलाई सबैभन्दा महंगो नायक मध्येको एक बनाइदियो ।

म्यूजिक भिडियोबाट हिट हुँदा हुँदै पल शाहले ‘नाई नभन्नु ल ४’बाट सुरु गरेको करिअरमा चलचित्र चलोस् या नचलोस् पारिश्रमिक बढेको बढ्यै छ ।

 

नायिकाको हकमा पनि अहिले पारिश्रमिक चुलिएको छ । पूजा शर्माको ८ लाखदेखि १५ लाखसम्मको कुरा, साम्राज्ञी राज्यलक्ष्मी शाहको ५ लाख, १० लाख हुँदै १५ लाखको डिमाण्ड, साच्चै कलाकारको पारिश्रमिक चुलिएको छ । ५ लाख पारिश्रमिक नपाएर नायिका आँचल शर्माले चलचित्र नै नखेलेको कुरा पनि विर्सन सकिदैन ।

 

तर, कलाकारको पारिश्रमिक जसरी चुलिदो छ चलचित्रको व्यापार त्यही अनुसार खस्कदो छ । ३ सय वटा चलचित्र खेल्दा कैयौ हिट त कैयौ असफल हुँदा नायक राजेश हमालले ३ लाख वरिपरीकै पारिश्रमिक लिएको खबर अहिलेका स्टारहरुका लागि गफ जस्तो लाग्न सक्छ ।

 

अहिले चलचित्र बनाउनु अघि कलाकारलाई चलचित्रमा खेलाउन नै मुश्किल छ । चलचित्र चलेन भने त्यसको जिम्मेवारी लिन तयार हुने कलाकार भेट्न नै मुश्किल छ ।

 

यसैले अहिले निर्माताहरु चलचित्रमा कलाकार लिन नै समस्या पर्न थालेको बताउन थालेका छन् । घाटी हेरेर हाँड निल्नुपर्छ भन्ने एउटा उखान नेपालमा खुबै सुनिन्छ । कलाकारले पनि चलचित्रको बजार र व्यापार हेरेर त्यही अनुसार पारिश्रमिक लिने कि जति भन्दिए पनि दिइहाल्छन् भन्ने प्रवृत्ती अपनाउने ?

तस्बिरहरु

प्रतिक्रिया दिनुहोस
राज्यशक्तिको दुरुपयोग गरेर मलाई जेल हाल्न खोजियो : रवि लामिछाने

    सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले

एमालेलाई जग्गादानविरुद्धको रिट हेर्न नमिल्नेमा

    नेकपा एमालेको केन्द्रीय कार्यालय भवन बनाउन व्यवसायी मीनबहादुर गुरुङले गरेको जग्गादानविरुद्धको

रवि लामिछानेलाई थप ७ दिन हिरासतमा राख्ने

    सहकारी बचत अपचलन तथा संगठित अपराध अभियोगमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं

वर्तमान सरकार परिर्वतन हुदैन : शेखर कोइराला

    नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार परिर्वतनबारे सोच्न नसकिने