रिना बस्नेत मृत्यु प्रकरण : पथरी तनावग्रस्त, प्रहरी कार्यालयमै ढुंगामुढा, नगरपालिकामा तोडफोड



हाम्रो इकोनोमि

 

 

मोरङको पथरीशनिश्चरे नगरपालिका–१ निवासी रिना बस्नेतको मृत्यु प्रकरणको विषयलाई लिएर पथरी बजार थप तनावग्रस्त बनेको छ ।

घटनाको विरोधमा आफन्त र स्थानीयबासीले सुरु गरेको आन्दोलनले मंगलबार थप उग्ररुप लिएको हो ।

बस्नेतको हत्यारा पत्ता लगाउन ढिलाए भएको भन्दै स्थानीय र मृतकका आफन्तले बजार बन्दसहित प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको छ । प्रहरीलाई भीड नियन्त्रणमा लिन हम्मेहम्मे परेको छ ।

बजार, पसल र पूर्व–पश्चिम राजमार्ग ठप्प पार्दै स्थानीय बासिन्दाले आन्दोलन चर्काएपछि स्थिति असामान्य बनेको छ ।

रिनाको मृत्युपछि स्थानीयबाप् िसंघर्ष समिति नै गठन गरेर आन्दोलनमा होमिएका छन । स्थानीय बासिन्दाले आज बिहानैबाट टायर बालेर प्रदर्शन गरिरहेका छन ।

प्रदर्शन र आन्दोलनका कारण राजमार्गमा कुनै पनि सवारी साधन चलेका छैनन् भने बजार र पसल पूर्णरुपमा बन्द रहेका छन ।

प्रहरीले डेरा बसेको घरको तीन तलामाथि खसेर रिनाको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको बताए पनि स्थानीयले पत्याइरहेका छैनन । रिनाका आफन्त र स्थानीय बासिन्दाले हत्या नै भएको दावीसहित प्रदर्शन गरिरहेका छन ।

प्रहरी प्रशासनविरुद्ध नारावाजी गर्दै प्रदर्शनमा उत्रिएका स्थानीय बासिन्दाले घटनालाई मोड्ने प्रयास गरेको आरोप लगाएका छन ।

घटना भएको चार दिनसम्म सत्य तथ्य पत्ता नलगाएको र दोषीलाई पक्राउ नगरेको भन्दै स्थानीयले सोमबारबाट आन्दोलन थालेका हुन ।

घटनाको सत्यतथ्य पत्ता लगाउनु पर्ने, दोषीलाई कारवाही हुनु पर्ने लगायतका माग राखेर आक्रोसित बन्दै आन्दोलनमा होमिएका स्थानीयले मंगलबार इलाका प्रहरी कार्यालय पथरी र पथरीशनिश्चरे नगरपालिकाको कार्यालय घेराउ गरेका छन ।

घेराउका क्रममा आन्दोलनमा उत्रिएकाहरु नगरपालिकाको कार्यालयको गेट तोडफोडसमेत गरेका छन् । उनीहरुले पथरीशनिश्चरे-१ को कार्यालय र पथरी उद्योग वाणिज्य संघको कार्यालयमा समेत तालावन्दी गर्दै नगरपालिका घेउरा गरेका हुन ।

आन्दोलनकारीले इलाका प्रहरी कार्यालयमा समेत ढुंगामुडा गरेका छन्। घेराउ गर्दै ढुंगामुडा गरेका छन ।

प्रहरी कार्यालयमै आक्रमण गर्न थालेपछि आन्दोलनमा उत्रिएका र प्रहरीबीच दोहोरो झडप भएको थियो । झडपका क्रममा केही आन्दोलनकारी र प्रहरी सामान्य घाइते भएका छन ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...