अचानक बाढी गाउँ पस्दा ठुलो धनजनको क्षति, मौसमविद्ले दिए यस्तो चेतावनी



हाम्रो इकोनोमि

 

गोदावरी नगरपालिका-१ गोदामचौरस्थित निर्मला कटुवालको घरबाट सोमबार साँझ कोही नभएको अवस्थामा करिब १० तोला चाँदीबाट बनेको लक्ष्मीनारायणको मूर्ति, सुनका विभिन्न गहना र नगद २० हजार समेत गरी करिब १ लाख १६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

 

फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यस्तै, जगरनाथपुर गाउँपालिका–४ बस्ने ईस्राईल मिँयाले आफ्नो खेतमा सोमबार दिउसो भुस जलाउने क्रममा आगलागी हुँदा उक्त आगो फैलिएर सोही नगरपालिका-३ बस्ने राजेन्द्र यादव समेत ३ जनाको गहुँ बाली र उखु जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

 

स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । यता, रामप्रसाद राई गाउँपालिका–७ बासीखोरा बस्ने बिष्णु कुमार राईको घरमा आइतबार दिउसो बर्षाको कारण आएको बाढी पस्न जाँदा करिब ३ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यो बिचमा मौसमबारे नयाँ डरलाग्दो खुलासा भएको छ । हावाहुरी सहितको वर्षाको सम्भावना देखिएको छ ।

 

बैशाख १० गते (मंगलबार ):
दिउँसोः देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमका पहाडी भु-भागमा सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भू-भागका थोरै स्थानमा मेघ गर्जन/हुरीबतास सहित हल्का वर्षाको संभावना छ ।उच्च हिमाली भूभागहरुका केहि स्थानहरुमा हिमपातको सम्भावाना रहेको छ ।

 

राति:देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भू-भागका थोरै स्थानमा मेघ गर्जन/हुरीबतास सहित हल्का वर्षाको संभावना छ ।उच्च हिमाली भूभागहरुका केहि स्थानहरुमा हिमपातको सम्भावाना रहेको छ ।

 

बैशाख ११ गते (बुधबार):
दिउँसोः देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भू-भागका १ -२ स्थानमा मेघ गर्जन/हुरीबतास सहित हल्का वर्षाको संभावना छ ।उच्च हिमाली भूभागहरुका केहि स्थानहरुमा हिमपातको सम्भावाना रहेको छ ।

 

राति:देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भू-भागका १ -२ स्थानमा मेघ गर्जन/हुरीबतास सहित हल्का वर्षाको संभावना छ ।उच्च हिमाली भूभागहरुका केहि स्थानहरुमा हिमपातको सम्भावाना रहेको छ ।

 

बैशाख १२ गते (बिहिबार):
दिउँसोः देशको पूर्वी तथा मध्य भू-भाग लगायत पश्चिमका पहाडी भु-भागमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भू-भागका १ -२ स्थानमा मेघ गर्जन/हुरीबतास सहित हल्का वर्षाको संभावना छ ।उच्च हिमाली भूभागहरुका केहि स्थानहरुमा हिमपातको सम्भावाना रहेको छ ।

 

राति:देशको पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली र बांकि भु-भागमा आंशिक बदली रहनेछ । देशको पूर्वी तथा मध्य भू-भागका थोरै स्थानमा र पश्चिमी भू-भागका १ -२ स्थानमा मेघ गर्जन/हुरीबतास सहित हल्का वर्षाको संभावना छ ।उच्च हिमाली भूभागहरुका केहि स्थानहरुमा हिमपातको सम्भावाना रहेको छ ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...