रिना मृत्यु प्रकरणमा एक पछि अर्को रहस्य । नम्बर प्लेट छोपेको गाडी सिसि क्यामेरा बाट भेटियो (भिडियो)



हाम्रो इकोनोमि

 

नग्न अबस्थामा मृत भेटिएकी रिना बस्नेत मृत्यु प्रकरण झन झनै रहस्यमय बन्दै गईरहेको छ ।

वैदेशिक रोजगारमा गएका रिनाका श्रीमान पथरी आईपुगेका छन् । छोरासंग पथरीमा बस्दै आएकी रिनाको रहस्यमय मृत्यु भएपछि श्रीमान सन्तोष पथरी आईपुगेका छन् ।
उनका १४ वर्षीय छोराले पनि आमाले घटना हुनु अघि वियर पिएको बताएका छन् । र कमल नेपाल भन्ने व्यक्तिले बारबार फोन गर्ने गरेको छोरा साईमनले बयान दिएका छन् ।

रिनालाई कमल नेपालले पहिले देखिनै फोन गर्र्ने गरेको र घटना घट्नु भन्दा पहिले पनि नेपाल संग फोन भएको छोरा साईमनले बताएका छन् ।

त्यस्तै प्रहरीको अनुसन्धानको क्रममा नम्बर प्लेट छोपेको गाडी सिसि क्यामेरामा कैद भएको देखिएको छ ।

त्यो गाडी कसको भनेर अझै पत्ता नलागेको प्रहरी स्रोतले बताएको छ । बस्नेतको मृत्यु शकास्पद देखिएपछि स्थानीयबासीले सोमबार इलाका प्रहरी कार्यालय घेराउ समेत गरेको छन् ।

गत शनिबार मोरङको पथरी स्थित २९ बर्षीय रिना बस्नेत आफ्नै डेरा अगाडी सडकमा नग्न अवस्थामा मृत फेला परेकी थिइन ।

प्रहरीको अनुसन्धानमा महिलाले अत्यधिक मदिरा सेवन शौचालय जाने क्रममा लडेर मृत्यु भएको हुन् सक्ने बताएका थिए ।

प्रत्यक्ष दर्शीको अनुसार रड र भालाले हानेको घाउ मृतक रिनाको शरीरमा देखिएको थियो।

उनलाई पटकपटक फोन आउने नम्बर भएको व्यक्तिलाई प्रहरीले सोधपुछ नगरेकोमा स्थानीयबासिन्दाले गुनासो पोखेका छन्। उनीहरुले छतबाट लडेको नभई हत्या नै गरेको हुन् सक्ने बताएका छन् ।

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...