चर्चित बलिउड अभिनेता सनी देओल भारतीय जनता पार्टीमा सामेल



हाम्रो इकोनोमि

 

पछिल्लो समय भारतमा कलाकारहरु राजनीतिमा हाम फाल्ने क्रम बढ्न थालेको छ ।

यो बिचमा बलिउड अभिनेता सनी देओल भारतीय जनता पार्टी प्रवेश गरेका छन् । उनले केही समयअघि भाजपा अध्यक्ष अमित शाहलाई भेटेका थिए ।

उनी पंजाबस्थित गुर्दासपुरका भाजपा उम्मेद्वार हुनसक्ने अनुमान गरिएको छ । पार्टी प्रवेश कार्यक्रममा उनले भने, ‘जसरी मेरा बुवा यो परिवारका अटल बिहारी बाजपेयीसँग जोडिएका थिए, आज म यहाँ नरेन्द्र मोदीसँग जोडिन आएको छु ।

उनले देशका लागि धेरै कुरा गरेका छन् र म चाहन्छु कि अबको पाँच वर्ष पनि उनी नै सत्तामा रहून् किनभने हामी अघि बढ्न चाहन्छौं । हाम्रा देशका युवालाई मोदीजस्ता व्यक्तिको खाँचो छ ।’ उनले भने, ‘यो परिवारसँग जोडिएर जे जे गर्नसक्छु त्यो म सबै गर्नेछु, मनबाटै गर्नेछु । म कुरा गर्ने छैन, प्रत्येक समय काम गरेर देखाउनेछु ।’

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...