चर्चित बलिउड अभिनेता सनी देओल भारतीय जनता पार्टीमा सामेल



हाम्रो इकोनोमि

 

पछिल्लो समय भारतमा कलाकारहरु राजनीतिमा हाम फाल्ने क्रम बढ्न थालेको छ ।

यो बिचमा बलिउड अभिनेता सनी देओल भारतीय जनता पार्टी प्रवेश गरेका छन् । उनले केही समयअघि भाजपा अध्यक्ष अमित शाहलाई भेटेका थिए ।

उनी पंजाबस्थित गुर्दासपुरका भाजपा उम्मेद्वार हुनसक्ने अनुमान गरिएको छ । पार्टी प्रवेश कार्यक्रममा उनले भने, ‘जसरी मेरा बुवा यो परिवारका अटल बिहारी बाजपेयीसँग जोडिएका थिए, आज म यहाँ नरेन्द्र मोदीसँग जोडिन आएको छु ।

उनले देशका लागि धेरै कुरा गरेका छन् र म चाहन्छु कि अबको पाँच वर्ष पनि उनी नै सत्तामा रहून् किनभने हामी अघि बढ्न चाहन्छौं । हाम्रा देशका युवालाई मोदीजस्ता व्यक्तिको खाँचो छ ।’ उनले भने, ‘यो परिवारसँग जोडिएर जे जे गर्नसक्छु त्यो म सबै गर्नेछु, मनबाटै गर्नेछु । म कुरा गर्ने छैन, प्रत्येक समय काम गरेर देखाउनेछु ।’

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...