रिना हत्या प्रकरण, प्रहरीले गोली चलायो, २ राउण्ड हवाई



हाम्रो इकोनोमि

 

ईलाका प्रहरी कार्यलय पथरी घेराऊ गर्न गएको स्थानीयको भिडलाई तितरबितर पार्न प्रहरीले मंगलबार मध्यान्ह २ राउण्ड हवाई फायर गरेपछि भएको भागदौडमा एकजना घाईते भएका छन् ।

पथरी नगरपालिका तालाबन्दी र घेराउपछि ईलाका प्रहरी कार्यलय अघि रिनाको हत्यारा सार्बजनिक गर्न माग गर्दै नाराबाजी गर्ने क्रममा भएको भागदौडमा पथरी–१ का जितबहादुर लावती घाईते भएका हुन् । उनले पछाडीबाट प्रहरीले ढुंगाले हानेको बताएका छन् । स्थानीय क्लिनिकमा उपचार गराईरहेका उनको टाउकोमा ३ वटा टाँका लगाईएका्े छ ।

शनिबारदेखि अशान्त बनेको पथरीशनिश्चरेका स्थानीय आन्दोलित भएका छन् । बजार सहित पूर्बपश्चिम राजमार्ग बन्द गरेर स्थानीय आन्दोलित बनेपछि प्रहरीले ज्यादती गरेको भन्दै नगरपालिका तोडफोड गरेका छन् ।

स्थानीय रिना बस्नेतको मृत्यु हत्या नै भएको भन्दै व्यापारीले बजार बन्द गरेका छन् । स्थानीय आन्दोलनमा छन् ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...