अन्य , समाज , शिक्षा गृहपृष्ठ सफल बन्न चाहनेले पढ्नै पर्ने ६ पुस्तक सफल बन्न चाहनेले पढ्नै पर्ने ६ पुस्तक



हाम्रो इकोनोमि

 

जीवनमा पुस्तकको ठूलो महत्व छ । कतिपय पुस्तक त जीवनमा मार्गदर्शक नै बन्न सक्छन् ।

यहाँ ब्यवसायिक र प्रविधीको दुनियाँमा सफल मानिएका ६ ब्यक्तिले लेखेका पुस्तकको चर्चा गरिएको छ जो जीवनमा सफल हुनका लागि पढ्नै पर्ने मानिन्छ ।

१ क्यापिटल इन द ट्वान्टी फर्ष्ट सेञ्चुरीः थमस पिकेटी

पछिल्लो समयको सबै भन्दा बढी पढिएको पुस्तक मानिने क्यापिटल इन द ट्वान्टी फर्ष्ट सेञ्चुरी नामक पुस्तकमा लेख थमस पिकेटीले ब्यवसायमा कसरी अनुचित तरिका अपनाइन्छ र यसले गर्दा धनी र गरिवको खाडल बढिरहेको छ भनेर चर्चा गरेका छन् ।

समाजमा असन्तोष पैदा हुने कारणबारे उल्लेख गरेको यो पुस्तकलाई कतिपय कार्लमार्क्सको दास क्यापिटलसँग पनि तुलना गर्छन् । कुनै पनि ब्यवसाय गर्न चाहनेले यो पुस्तक पढ्नु उत्तम हुन्छ ।

२ गर्लबोसः सोफिया ऐमोरूजो

गर्ल बोस नामको पुस्तकमा सोफियाले आफूले कसरी कम्पनी स्थापना गरे देखि यसमा सफलता पाएर उद्यमी बन्दा सम्मको कथा छ ।

यो कथा धेरैका लागि प्रेरणाको श्रोत बन्न सक्छ । अझ केटीहरुका लागि विशेषरुपमा । यसमा सफल उद्यमी बन्नका लागि टिप्स समेत दिइएको छ ।

३ फियरलेस जीनियसः द डिजिटल रोभोल्यूशन इन सिलिकन भ्याली

यो पुस्तकमा प्रविधीको दुनियाँका ओस्ताद मानिने एप्पल कम्पनीका स्वर्गीय पूर्व प्रमुख स्टीभ जब्स, बिल गेट्स र जोन डोएर जस्ता ब्यक्तिको विषयमा उल्लेख छ । उनीहरुले जीवनमा के के गरे र कसरी यति ठूला ब्यक्ति बने भन्ने उल्लेख रहेको यो पुस्तक निक्कै प्रेरणादायी मानिन्छ । खासगरी ब्यापार र प्रविधीमा चासो राख्ने ब्यक्तिलाई यो पुस्तक साँच्चिकै पठनीय बन्न सक्छ ।

४ क्रिकएटिभिटी इङ्कः एड क्याट्मल

क्रिएटिभीटी इङ्क यस्तो पुस्तक हो जसमा म्यानेजर अर्थात ब्यवस्थापकले जान्ने पर्ने कुरा उल्लेख छ । यो पुस्तक ब्यवस्थापक अर्थात म्यानेजर बन्न चाहने ब्यक्तिले पढ्नै पर्छ ।

५ हाउ गुगल वर्क्स

यो पुस्तकमा गुगलका पूर्व कार्यकारी अध्यक्ष एवं पूर्व सीइओ एरिक शिम्ट र प्रोडक्ट्सका पूर्व एसभिफी जोनाथन रोजनवर्गले गुगल सर्च इन्जिन कसरी बन्यो र यो बनाउने विचार कहाँबाट आयो भन्ने उल्लेख गरेका छन् । त्यतिमात्र होइन यसमा प्रविधीले दुनियाँमा ल्याएको परिवर्तन र फेरिएको शक्ति सन्तुलनका विषयमा उल्लेख छ ।

६ थिङ्क लाइक अ फ्रिकः स्टीभन डी लेविट र स्टेफेन जे डबनर

यो पुस्तकमा विभिन्न चर्चित पुस्कका लेखकको जस्तै कसरी सोंच्ने भनेर अनौठा कुरा गरिएको छ । जीवनमा सफल हुन चाहनेले यो पुस्तकलाई पनि आदर्श मानेका छन् ।

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...